BizPati

  • आज : २०७६ बैशाख ६ गते
    Headlines :

    टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर

    संसार न्यूज संवाददाताबैशाख २, २०७६

    २ वैशाख, काठमाडौ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ । शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ ।
    टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ ।

    यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम- सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन् । यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस डाटा एसएमएस असीमित भ्वाइस डाटा एसएमएस प्रयोग गर्न सकिनेछ ।

    अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । सोमबारको अन्नपुर्ण पोस्ट दैनिकबाट ।

    ८५ पटक
    प्रतिकृया दिनुहोस्