BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    तलब नपाएको भन्दै तालबन्दी

    बैशाख ५, २०७६

    ५ बैशाख, काठमाडौ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएको भन्दै केन्द्रमा तालाबन्दी गरेका छन् ।

    तलब नपाएपछि बिहान बेलुकी छाक टार्न र छोराछोरीको विद्यालयको शुल्क तिर्नसमेत नसकेको कर्मचारीले बताएका छन् ।

    संघर्षरत कर्मचारीका संयोजक जय भण्डारीले करार सम्झौताअनुसार पाउने तलबभन्दा नपाउँदा रोजीरोटीमा समेत समस्या भएको बताउनुभयो ।

    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. सिदार्थ ठाकुरले तलब खुवाउन नसकिएको भन्दै अब केही दिनभित्रै तलब खुवाइने बताउनुभयो ।
    कर्मचारीले तलब नपाएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भइसकेको उहाँले बताउनुभयो । बिहीबारको गोरखापत्र दैनिकबाट ।

    ४७ पटक
    प्रतिकृया दिनुहोस्