BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    वीर गोर्खालीका सन्तान हामी, गर्व गर्ने कि लज्जा ?

    धनबहादुर गुरुङ,स्पेनबैशाख ६, २०७६

    भारतले त हामीलाई विचराहरू गरिब छिमेकीहरू भनेर दुई देशको सिमाना पनि खुल्ला गरिदिएको छ र नोकर चाकरको काम दिइरहेको छ । तर, उता सिंगापुर, ब्रिटिश र ब्रुनाइले हामीलाई बिना हिसाब–किताब, बिना कागजपत्र, बिना कुनै सन्धि लगेको रहेछ । सिंगापुर र ब्रुनाइले त बेलायतसँग मागेर ‘मलाई यति सय र हजार गोर्खाली लाहुरेहरू देउ’ भनेर मागेर लगेको रहेछ । हामी लाहुरे नेपालीहरूलाई आफूहरू भेंडाबाख्रा सरह किन कसरी बेचिएका रहेछौँ भन्ने नै थाहा छैन नत यसबारेमा सरकारलाई थाहा छ ? त्यसैले पनि हुनसक्छ पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा हाम्रा कति नेपालीहरूको मृत्यु भयो कुनै आँकडा नै छैन ।

     

    वीरगोर्खाली नै हौ कि बाध्यता र विवस थियो त्यो हाम्रो पुर्खाजन
    समिक्षा गरौँ हजुर एकपटक कतै बनिरहेको त छैन हामी मुर्खपन
    सहिद, वीर गद्धि प्राप्तको अर्थ बुझाऊ गाउँ–गाउँमा गएर
    आफ्नै देशको लागि सहिद बनौँ फूलमाला लगाएर
    भारत, सिंगापुर, बेलायतको लागि तैयार छौँ हामी मर्नलाई
    लोभ लालच, लाल्बीरे बन्दै जाबो यो दुई छाक पेट भर्नलाई
    इज्जत, मान, सम्मान, स्वाभिमानको त ख्यालै गरेनौं हामीले
    सयौँ वर्ष बिताई दियौं अब त जागौँ विचार गरि दिनु है सबैले
    ‘हामी नेपाली वीर गोर्खाली…।’ जब म १४–१५ वर्षको थिएँ, त्यतिबेला मेरो दिमागमा चेतनाको बोध हुन थाल्यो । तबदेखि नै मेरो मनमा यो वीर गोर्खालीको बारेमा भारतीय, सिंगापुरे र हङकङको लाहुरेहरूसँग सोध्ने गरेको छु ।

    उहाँहरूले स्पष्टसँग व्याख्या गरेर भन्न नसके पनि आफूले बर्षौसम्म आर्मीमा हुँदाका दिनहरू र घटनालाई नै बढी चित्रित गरेर भन्नुहुन्थ्यो । गुरुजीले यसो गर्यो.. पल्टनमा त यस्तो हुन्छ.. लडाईमा यस्तो भयो.. साहेबले यस्तो हुकुम दियो आदि आदि.. ।

    कतिपय भूतपूर्व लाहुरेहरूले हामी तीन भाइ र दिदीलाई भन्नुहुथ्यो ‘तिमीहरू त सहिदका छोराछोरीहरू हाँै । तिम्रो बाबाले त लडाईँको मैदानमा वीरगती प्राप्त गर्नुभएको थियो ।’ मलाई भने उहाँहरूको कुरा चित्त बुझ्थेन ।

    पर्वत जिल्लाको चित्रे गाउँमा कुनै पनि लाहुरे भारतबाट छुट्टी आउँदा अथवा पेन्सनमा आउँदा मेरो आमा घन्टाँैसम्म घर भित्रको खान बनाउने चुलो (कोताघों) को डीलमा खान बनाउदै भट्टाउँदै डाँको छाडेर रुनु हुन्थ्यो । आमाको रुवाईले मेरी दिदी पनि रुनुहुन्थ्यो । मेरा दुई साना भाइलाई यसबारे केही थाहा हुँदैनथ्यो । घरको कमजोर परिस्थितिले गर्दा मैले गाउँकै स्कुलमा पाँच कक्षासम्म पढेर स्कुल छोड्नु प¥यो ।

    ती लाहुरेहरू घर फर्किदा मेरी आमा किन रुनुहुन्थ्यो भनेर मैले यहाँ छोटकरीमा त्यो घटनालाई उल्लेख गर्न चाहेँ । त्यसका लागि मैले मेरो घरको त्यो बेलाको घटनालाई छोटकरीमा अलिकति लेख्न चाहन्छु । मेरा बाबा पल्टन १÷५ जीआर को सुवेदार स्वर्गीय भीमबहादुर गुरुङ व्ऋक् नम्बर १३२६१ को हुनुहुन्थ्यो । भारत पाकिस्तान बीच भएको सन् १९६५ को लडाईँमा मेरो बाबाको मृत्यु भएको थियो ।

    मैदानमा मेरो बाबाको दाहिने कोखबाट छिरेको गोलीले आन्द्रा–भुँडी छिचोल्दै पेटको सम्पूर्ण भागलाई शरीरबाट अलग गरिदियो । सिकिस्त घाइल मेरो बाबाले तुरुन्तै उपचार पाएको भए सायदै बाँच्न सम्भव थियो । त्यस्तो अवस्थामा पनि उहाँ पूर्ण रुपमा होसमै हुनुहुन्थ्यो । उहाँले आफ्नो वरिपरिका साथीहरूसँग आँसु झार्दै भन्दै हुनुहुन्थ्यो रे, ‘मलाई जसरी भएपनि बचाई दिनु…’ मेरो बुढीले बच्चा पाउने वाला छ.. एउटा छोरी, दुइटा छोरा छन्.. मलाई मर्न नदिनु…’। यसो भन्दै खुनले लतपत क्षतविक्षत शरीरमा छट्पटाउनु भएको थियो । साथीहरूले उहाँको छरपष्ट परेको आन्द्रा भुँडी मिलाएर राख्ने प्रयास गर्दागर्दै उहाँले लडाइकै मैदानबाट संसार छाड्नु भएको थियो ।

    बुबा बित्नु भएको ४–५ महिनापछि मेरी आमाले छोरा जन्माउनु भएको थियो । मेरो जन्म गोर्खाली भर्ति प्रशिक्षण केन्द्र देहरादुनमा भएको थियो । बाबाको मृत्यु हुँदा म नौ वर्षको थिएँ । त्यसपछि भारतीय पेन्सन क्याम्प पोखरामा आमाले पेन्सन बुझ्ने र हामी तीन भाइले पाउने खैरात लिने बेलाको त्यो दृश्यले मलाई अहिले पनि सताई रहन्छ ।

    भर्खरै जन्मेको ६ महिनाको बच्चा मेरो सानो कान्छो भाइले पनि विभिन्न कागजपत्रहरूमा अगुठीमा कालो श्याही दलेर ल्याप्चे लगाउनु पथ्र्याे । त्यति सानो बच्चाले चिच्याउँदै ल्याप्चे लगाउँदा वरिपरिका मानिसहरूले कठै…बरा…जुन भनेको मान्छे कहाँ मरेर गयो, बच्चाहरूको यो दुगर्ति…भनेर भन्थे । मेरी दिदीले भने उमेर पुगिसकेको हुनाले उक्त खैरात पाउनु भएन ।
    पिताजीको मृत्यु भएपछि आमा ३१ वर्षमै विधुवा हुनुभयो । मेरी दिदी र हामी स–साना ३ भाइहरू मात्रै थियौँ । त्यो बेलाको जीवनलाई सम्झेर मलाई मानिस भएर बच्ने आशा नै हँुदैनथ्यो । मेरो दुई भाइहरू अहिले समझदार र जिम्मेवार व्यक्ति भइसकेका छन् । हामी तीन भाइहरू १८ वर्षदेखि सपरिवार स्पेनको बार्सिलोना शहरमा बस्दै आएका छौँ ।
    हामी पाँचजना परिवारको खम्बा हुनुहुन्थ्यो, बुबा । उहाँकै काँधमा हामी सबैको जिम्मेवारी थियो । तर, विधिको बिडम्बना बाबाले हामीलाई त्यति सानै उमेरमा छाडेर जानुभएको थियो । ‘जसको बाउ म¥यो उसकै छोरा टुहुरा’ यो भनाइ त्यो बेला गाउँघरमा खुब प्रचलित हुन्थ्यो । गाउँमा सबैले हामीलाई अर्कै नजरले हेर्थे । गाउँका कोही बुजु्रकले त हामी ३ भाइलाई ‘आफ्नो बाउलाई खाने छोराहरू’ भन्थे । ती बितेका दुखद् दिनहरू सम्झेर हामी अहिले पनि भावुक हुन्छौं ।

    अहिले म परिपक्व र सचेत नागरिक बनिसकेको छु । म आफ्ना पिरमर्काहरूलाई यसरी लेखेर सबैसँग बाँड्न चाहन्छु । कहिलेकाहिँ म त्यो भारतीय पेन्सन क्याम्पभित्र जान्छु र हेर्ने गर्छु । आज भन्दा ५४ वर्ष पहिले मेरो परिवारले जुन स्थितिको सामना गर्नुपरेको थियो त्यो क्याम्पभित्र अहिले पनि यथावत नै रहेको देख्छु ।

    अहिले भारतीय आर्मीमा ज्यान गुमाएकाहरूको परिवारको रुवाबासी अझै पनि उस्तै देख्न सकिन्छ, त्यहाँ । क्याम्पभित्र एउटा स्टीलको आधामूर्ति बनाएर राखिएको । टाउकोमा गोर्खा ह्याट, (टोपी) भारतीय आर्मीको हाफ खाकी ड्रेस र हातमा खुल्ला खुकुरी नचाएर पूरा एक्शनको साथमा राखेको छ । मूर्तिसँगै कुदेर एउटा डायलग पनि लेखिएको छ, ‘कायर हुनु भन्दा मर्नु बेस’ ।म त्यो मूति अगाडि एकछिन उभिएर टोलाउँछु । मेरो दिमागमा प्रश्नहरू उब्जिन्छ ‘कसको लागि हामी नेपालीहरूले यसो भनिरहेको छन् ?, कसका लागि हामी कायर भएर पछाडी हट्नु भन्दा छाती थपेर अगाडी बढेरै मर्नु बेस भनिरहेका  छौं ?’ मेरै आफन्त भित्र चारजनाले भारतीय आर्मीमा मृत्युवरण गरिसकेका छन् । देशभरीको त गिन्ती नगरौ ! म एउटा वीर गोर्खाली…वीरगति प्राप्त गरेको भनिएकाको पीडित छोरा, जो मेडिकल अनफिट (देब्रे कान भित्रको जालीमा खराब) भएकोले लाहुरे हुन सकिनँ । र भारतको बम्बई शहरमा गएर दिनमा काम गर्ने र रात्रीको हाईस्कुल र कलेज गरेर बल्ल तल्ल आफूलाई समाजमा उभ्याउन सकिरहेको छु ।

    वीर गोर्खाको इतिहास २०२ वर्ष पहिले देखिन्छ । आफ्नो दैनिकीलाई सहज गरिब नेपालीका लागि भारत जानुको अर्को विकल्प थिएन । अर्काको देशमा पैसा कमाउन गएपछि उनीहरूले जे अह्रायो जे–जे गर भन्छ सबै काम बफादार भएर गर्नु पथ्र्यो । कुनै गाह्रो खतरनाक काम गर्नुपर्दा अथवा लडाईको मैदानमा हुकुम भयो भने स्वीकार गर्नै पर्दथ्यो । दुश्मनलाई मारेर आयो भने ‘स्याबास बहादुर वीर गोर्खाली’, मरियो भने वीर सहिद गोर्खाली अथवा वीरगति प्राप्त गोर्खाली भनेर नामाकरण गरियो ।

    यसरी आफ्नो बाध्यताले गर्दा जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुको विकल्प थिएन । यसलाई नै ब्रिटिश इण्डियाले वीर गोर्खाली, बहादुर नेपाली भनेर नामाकरण गरिदियो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा हामीलाई प्रयोग गरियो । त्यसैले पनि आज युरोपका विभिन्न मसानघाटहरूमा नेपालीका इतिहास साक्षी छन् । त्यतिखेर ब्रिटिश इण्डियामा लाहुरे भएका हाम्रा सिधासादा, दुःखी, गरिब, अशिक्षित नेपालीहरूले कति इमान्दार, बफादार भएर उनीहरूको सेवा ग¥र्यो । जब ब्रिटिश शासकहरू इण्डियाबाट बेलायत फिर्ता जानु प¥र्यो सगँै हाम्रा इमान्दार, बफादार र वीर गोर्खालीहरूलाई पनि लिएर जाने निश्चय ग¥यो । ब्रिटिश खैरेहरूलाई विश्वास भयो कि, यी नेपालीहरू जे गर्न पनि तयार हुन्छन्, इमान्दार र बफादार भएर गर्छन् । त्यसपछि त्रि–पक्षिय सन्धि भयो । त्यतिखेरका नेपाली जहानिया हुकुमी शासकहरू श्री ३ सरकार, भारतीय शासक र ब्रिटिश शासकहरू बिचमा त्यो सन्धि भयो । १९४७ नोभेम्बर ९ मा यो सन्धि भएको छ । त्यो सन्धिमा स्पष्ट लेखिएको थियो कि, ‘यो वीर गोर्खालीहरूलाई युके अर्थात् बेलायत सरकारले कुनै भेदभाव गर्नेछैन र आफ्नो देशको सेनासरह नै व्यवहार गर्नेछ । तर, बेलायतले त्यो सन्धि अनुसार व्यवहार कहिल्यै गरेन ।

    भारतले त हामीलाई विचराहरू गरिब छिमेकीहरू भनेर दुई देशको सिमाना पनि खुल्ला गरिदिएको छ र नोकर चाकरको काम दिइरहेको छ । तर, उता सिंगापुर, ब्रिटिश र ब्रुनाइले हामीलाई बिना हिसाब–किताब, बिना कागजपत्र, बिना कुनै सन्धि लगेको रहेछ । सिंगापुर र ब्रुनाइले त बेलायतसँग मागेर ‘मलाई यति सय र हजार गोर्खाली लाहुरेहरू देउ’ भनेर मागेर लगेको रहेछ । हामी लाहुरे नेपालीहरूलाई आफूहरू भेंडाबाख्रा सरह किन कसरी बेचिएका रहेछौँ भन्ने नै थाहा छैन नत यसबारेमा सरकारलाई थाहा छ ? त्यसैले पनि हुनसक्छ पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा हाम्रा कति नेपालीहरूको मृत्यु भयो कुनै आँकडा नै छैन ।

    यतिबेला केही सचेत बुद्धिजीवी भूतपूर्व सैनिकहरूले आवाज उठाइरहेका छन् ब्रिटिश प्रधानमन्त्रीको कार्यालय अगाडी नै आमरण अनशन बसेर धर्ना दिएका छन्, त्यसको तुलनामा भारतीय सरकारले भने हामी नेपाली गोर्खालीहरूलाई कुनै त्यस्तो भेदभाव गरेको देखिदैन । हामी सबै नेपालीहरूलाई थाहा छ कि, आफ्नो बाध्यताले गर्दा हामी नेपालीहरू २०२ वर्षदेखि नै विदेशको लाहुरे बन्न बाध्य छौँ । अब त युकेले नेपाली चेलीबेटीहरूलाई समेत आफ्नो देशको सैनिक बनाउने भएका छन् ।

    हामी अभिभावकहरूले त्यो बेला स्कुल पढ्ने मौका पाएनाँै । अशिक्षा, अज्ञानता र गरिब भुखमरीको स्थितिले गर्दा तपार्ई हामी बाध्यताले विदेश जानु परेको थियो । तर, अब भने स्थितिले कोल्टे फेरिसकेको छ । आधुनिक युग अर्थात् २१ औं शताब्दिमा हामी कुनै देशको लागि झुकेर, बाध्य भएर लाल्बिरे भइ, हँ जी.. एस सर.. ओके सर भनेर झुक्नु पर्दैन । प्रत्येक लाहुरेहरूले भूपु पेन्सनवाला लाहुरेहरूले पनि बुझ्न जरुरी छ । हामी  आफ्नो देशको एउटा जिम्मेवार बोकेका अभिभावक हौँ, हामी आफ्नो मान–सम्मान, इज्जत स्वाभिमान र मर्यादामा रहेर एउटा नैतिकवान नेपाली नागरिक भएर आफ्नै टोल छिमेकी, गाउँ घर र आफ्नै सुन्दर देश, आफ्नै मातृभूमि देश नेपालमै बसौँ । हामीले आफ्नो छोरा–छोरीलाई देशको जिम्मेवारी सुम्पिनु जरुरी छ । हामीले हाम्रा सन्तानलाई आफ्नै देशको आर्मी, प्रहरीमा पनि भर्ति गर्न सकिन्छ । एउटा सचेत तथा शिक्षित नागरिक भनेको उ न केवल आफ्नो परिवारको एउटा जिम्मेवार अभिभावक मात्र नभएर देशको जिम्मेवार नागरिक पनि हुँ भन्ने बुझ्न जरुरी हुन्छ ।

    पर्वत चित्रे, कालठुरा, हाल : स्पे

    १४६ पटक
    प्रतिकृया दिनुहोस्