BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    सागर आले र मेलिना राईको ‘पिरतीमा यस्तै हुन्छ रे’

    संसार न्यूज संवाददाताबैशाख ८, २०७६

    सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनिक गरिएको हो ।

    उक्त गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ भने आकाश श्रेष्ठ, वर्षा राउत, अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन, सुबोई थापाको कोरियोग्राफी, प्रविन श्रेष्ठको सम्पादन, उज्ज्वल ढकालको कलर संयोजन रहेको छ ।

    भिडियो बुढा सुब्बाको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

    १०५ पटक
    प्रतिकृया दिनुहोस्