BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    वृष राशी

    – ज्यो= दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८साउन २२, २०७३

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-

    साता केही पक्षमा उपलब्धिमूलक रहने छ । शुरुमा दैनिक व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ लाभ एवं उपलब्धि हातपार्न सक्नु हुनेछ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । शारीरिक आरोग्यता एवं कान्तिमा बृद्धि हुनेछ । क्रमशः दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । मनोरञ्जनात्मक वातावरण बन्ने छ । रमाइलो ठाऊँको यात्रा हुनक्ने छ । रपनि आक्रोश बढाउन गोचरले बल गरिरहेकोले व्यवहारिकतामा जोडदिनु बुद्धिमानी हुनेछ । बुधवार मध्याह्नपछि    एकाएक स्वास्थ्यमा समस्या पर्नसक्ने छ, दीर्घरोगीले बढी ख्याल पुर्याउनु होला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ धैर्य धारण गर्नुहोला । शनिवार भने स्थितिमा सुधार आउने छ । काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्नेछ । तपाईले यो साता भगवान हनुमान एवं गुरु गणपति, माँ बगलामुखी एवं इन्द्रायणी र भैरवदेवको भक्ति स्तुति गर्नु शुभ फलदायक हुनेछ ।

    मिथुन राशीले यहाँ क्लिक गर्नुहोला ।

    २२७४ पटक
    प्रतिकृया दिनुहोस्