BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    फिफा छानबिनमा अध्यक्ष इन्फान्टिनोलाई सफाइ

    संसार न्यूज संवाददातासाउन २२, २०७३

    २२ साउन, जेनेभा (स्वीजरल्याण्ड) । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) को इथिक्स कमिटीले वर्तमान अध्यक्ष गियानी इन्फान्तिनोमाथिको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अनुशासन उल्लंघनसम्बन्धी आरोपमाथि उहाँलाई सफाइ दिएको छ ।

    इन्फान्टिनोमाथि आधिकारिक रुपमा अनुसन्धान प्रक्रियामा उहाँमाथि दाबी गरिएअनुसार निजी विमान, व्यक्तिगत खर्च र फिफाका लागि चाहिने सामानहरुको खरिद, कर्मचारीको करारलगायत कुरामा छानबिन भएको थियो ।

    इथिक्स कमिटीले अनुसन्धानपछि उहाँले दाबी गरिएअनुसार कुनै अनियमितता गरेको नपाइएको भन्दै ओपमाथि सफाइ दिएको फिफा इथिक्स कमिटीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

    इन्फान्टिनोले पूर्व अध्यक्ष सेफ ब्लाटरलाई भ्रष्टाचारको अभियोगमा हटाइएपछि सन् २०१६ फेब्रुअरीदेखि फिफाको जिम्मेवारी सम्हाल्नुभएको थियो । एएफपी

    ११० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad