BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    मेष राशि

    – ज्यो= दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ९८०३८७९९७८साउन २३, २०७३

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- :

    साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ । केही अबरोधको बाबजुत केही कामकार्यमा सफलता पनि मिल्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ तर कसैकसैलाई मन्मुटावको पनि संभावना छ ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । सोमदेखि बुधवार मध्याह्नसम्म स्वास्थ्यमा समस्या आउनसक्ने छ । कामकार्यमा पनि विभिन्न बाधाब्याबधानको सामना गर्न नपर्ला भन्न सकिन्न । धैर्यताको खाँचो देखिएको छ । आकस्मिक व्यवसायिक लाभ भने हुने देखिन्छ । उपरान्त  स्थितिमा सुधार भएर आउनेछ । भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भैरवदेवको साथमा भगवान हनुमानवीरको उपाशना तथा श्रद्धाभक्ति बढाउनु शुभदायक हुनेछ ।

     

    बृष राशीले यहाँ क्लिक गर्नुहोला ।

    २३०३ पटक
    प्रतिकृया दिनुहोस्