BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    फ्रान्समा एक नेपाली युवाको मृत्यु

    संसार न्यूज संवाददातामंसिर ९, २०७४

    pradip-ranaफ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।  झण्डै १० वर्षदेखि फ्रान्समा रहँदै आएका काठमाडौं ललितपुरका प्रदीप राना मगरको उपचारका क्रममा शुक्रबार बिहाँन मृत्यु भएको हो ।
    विगत केही सयमदेखि अस्पतालमा उपचार गराइरहेका रानाको शुक्रबार मृत्यु भएको बताइएको छ ।
    रानाको अन्तेष्टिका विषयमा पेरिसमा रहेका संघ संस्थाहरुबीच छलफल भएको फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलले जनाएकी छन् । उनका अनुसार रानाको परिवारले उनको शब नेपाल पठाइदिन गरेको आग्रह बमोजिम तयारी गरिएको छ । त्यसका लागि पेरिसस्थित फ्रान्सेली सामाजिक सेवाको एक कार्यालय (असिस्टेन सोसियल) सँग पनि सम्पर्क भएको पौडेलले जनाएकी छन् ।
    पौडेलले सामाजिक संजालमा राखेको भनाइ जस्ताको तस्तै

    ‘पेरिसमा निधन हुनुभएका प्रदिप राना मगरको अन्तेष्ठिको बिषयमा आज पेरिसमा नेपाली सँस्थाहरुको साझा मिटिग थियो । ( परिवारले उहाँको शब नेपाल पठाईदिन माग गर्नुभएबमोजिम यहाँ तयारी भैरहेको छ । यसकालागि पेरिस स्थित फ्रान्सेली सामाजिक सेवाको एक कार्यालय (असिस्टेन्ट सोसियल) सँग सम्पर्क भईरहेको पनि छ भने जे जति सँघ सँस्थाहरु छन् उहाँहरु मार्फत पनि सकेको सहयोग जुटाउने निधो भएको छ । ( असिस्टेन्ट सोसल मार्फत सहयोग जुटेमा नेपाली सँघसँस्थाको व्ययभार अलि कम हुनेछ ।) आजको मिटिँगमा पनि केहि रकम सँकलन भएको छ । तर यसको मतलब पुग्ने पैसा जुटिसकेको होईन । त्यसैले कसैलाई आर्थिक मद्दत गर्न मन भएमा कृपया पेरिस स्थित कुनैपनि नेपाली सँस्थाका अध्यक्षहरुलाई सम्पर्क गरि चाहेको रकम दिन सक्नुहुनेछ । बाँकी डिटेल एनआरएनए फ्रान्सको फेसबुक पेज हेर्न सक्नुहुनेछ । अघिल्लो पेजमा मैले रानामगरले ज्याला नपाएको कुरा लेखेकी थिएँ । जसले पैसा दिनुपर्ने हो उहाँले 1580 युरो नेपाली सँस्था फ्रान्को नेपाल पाकोफेनको अध्यक्ष मार्फत परिवारलाई दिने बताउनुभएको छ ।’

     

    २१३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad