BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

     काठमाडौंको मतगणना १० बजेदेखि सुरु गरिने,भोलीसम्म प्रत्यक्षको मत परिणाम आउने

    संसार न्यूज संवाददातामंसिर २२, २०७४
    फाइल : फोटो

    फाइल : फोटो

    २२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनको काठमाडौंको मतगणना अहिले १० बजेबाट सुरु गरिने भएको छ ।
    काठमाडौंका १० निर्वाचन क्षेत्र अन्तर्गत १,२,३,४ को मत गणना राष्ट्रिय सभागृहबाट सुरु हुनेछ भने अन्य क्षेत्रको पनि मतगणना विआइसीसी, जिल्ला समन्वय समिति लगायतमा गरिने जनाइएको छ ।
    अहिले राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलिय बैठक तथा काठमाडौं जिल्लाका निर्वाचन प्रमुख रमेशराज पोखरेल सहितको बैठकले मतगणनाका क्रममा निर्वाह गर्नुपर्ने आचारसंहिता तथा बुँदाहरु पारित गरिएको छ ।
    निर्वाचन प्रमुख पोखरेलका अनुसार १० वजे प्रतिनिधिसभा सदस्यको मतगणना गरिने छ । प्रतिनिधिसभाको मत परिणामा १० वटै निर्वाचन क्षेत्रको शनिबार बेलुकासम्म सकिने बताइएको छ भने प्रदेशसभाको मतगणना ४ दिनभित्र सकिने र समानुपातिकका लागि केही समय लाग्ने बताइएको छ ।
    मतगणनाका क्रममा १ उम्मेदवार वराबर ४ जना प्रतिनिधि राखिएको छ । उनीहरु तारजाली बाहिर नै बसेर मतगणना हेर्न पाउने व्यवस्था गरिएको छ ।
    पोखरेलका अनुसार काठमाडौंमा ७१.३० प्रतिशत मत खसेको थियो भने सबैभन्दा कम मत क्षेत्र नं १ मा र सबैभन्दा बढी क्षेत्र नं ३ मा खसेको थियो ।

    २३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad