BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि, विवेकशील साझा दोस्रो

    (रासस)मंसिर २५, २०७४

    congresh-flag

    २५ मंसिर, काठमाडाँै   : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ ।

    सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९११ र एमालेले छ हजार ५०८ मत पाएका छन् ।

    यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौँका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताउनुभयो ।

    १६७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad