BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    दिल्ली हुँदै तेश्रोमुलुक लैजान लागिएकी महिलाको उद्धार

    देवेन्द्र केसी, दिल्ली पौष ३, २०७४

    delhip1

    भारतको राजधानी दिल्ली हुँदै तेश्रोमुलुक लैजान लागेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था किङ्गडोम इनभेष्टमेन्ट नेपाल र दिल्ली महिला आयोगबीच मिलेर काम गर्ने भएको सहमति अनुसार गरिएको संयुक्त अभियानमा महिलाको उद्धार गरिएको हो ।
    दिल्ली पुलिस, दिल्ली महिला आयोग र के आई नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा हानेर मेचीनगर झापा घर भएकी ४० वर्षीया एक महिलाको उद्धार गरेको हो । पुलिसले घटनाका सम्बन्धमा २६ वर्षिय नौसाद नामक व्यक्तिलाई पक्राउ गरेको छ । जानकारीका अनुसार उद्धार गरिएकी महिलालाई मनिषा शिवाकोटी नामक महिलाले कुबेतमा जागिर लगाइदिने प्रलोभनमा दिल्ली पुर्याएर नौसादको जिम्मा लगाएकी थिइन् । सोधपुछका क्रममा नौसादले नेपालबाट महिलाहरुलाई तेश्रोमुलूक पु¥याउनका लागि पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका छन । नेपाली महिला रहेको आशंकाका आधारमा गरिएको छापामारीका क्रममा ती नेपाली महिलाको उद्धार गरिएको के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनु भएको छ ।

    १८७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad