BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    ‘आफ्नै माटोमा नाम अनि दाम पनि कमाएको छु’

    संसार न्यूज संवाददातापौष ४, २०७४

    khem1पर्वत फलेवास नगरपालिका १० का ख्याम नारायण पौडेल ‘किसानी भाई खेम पौडेल’ सामाजिक संजालमा छाएको चर्चित नाम हो । पर्वतबाट पोखरा सरेर तीनवर्ष देखि लेखनाथ महानगरपालिका १४ छिनेडाँडामा राधाकृष्ण टोलमा ६ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन तीनवर्ष देखि ।

    उनी २ वर्ष कतारमा क्याटरिङ म्यानेजर भएर काम गरे । त्यहाँबाट फर्केपछि विविए गर्न इण्डिया गए । इण्डियाबाट फर्कदा देशमा नाकाबन्दी थियो । २०७२ बैशाख १२ को शक्तिसाली भूकम्पका कारण थिलो–थिलो भएको देशमा असोज ६ गतेदेखि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । खेम त्यतिबेला नै भारतबाट देश फर्किएका थिए । नाकाबन्दीका कारण महँगी, खाधान्न अभाव लगायतका समस्या खेमले पनि प्रत्यक्ष भोगे अनि त उनलाई लाग्यो, होइन्, अब आत्मनिर्भर बन्न र देशको आर्थिक समृद्धिका लागि हामी युवाले केही गर्नै पर्छ । अनि त होमिए कृषि पेशातिर ।

    विदेशमा जहाजमा माटो ल्याएर खेती गरिरहेका छन् । बाहिरबाट रुख विरुवा ल्याएर हरियाली बनाएका छन् । हामीसँग भएको अनि प्रकृतिले दिएको यति राम्रो माटो, हावापानीलाई किन प्रयोग नगर्ने भन्नेमा उनी पुगे । अनि त सुरु गरे तरकारी खेती ।

    ‘हाम्रो देशमा जमिन प्रसस्तै भएर पनि त्यसको उपयोग हुन सकेको छैन्,’ खेम भन्छन्, ‘विदेश पुगेर जे काम गरेपनि समाज परिवारले राम्रो मान्ने तर, आफ्नै देशमा भने राम्रो कामको पनि सम्मान नहुने त्यसकारण पनि हामी कृषिमा अघि बढ्न नसकेको हो ।’ कृषि नेताको भाषण र मेडियाको पन्नामा मात्र सिमित रहेको ख्यामको ठहर छ ।

    झण्डै ६ लाखको लगानी गरेर ६ रोपनी जग्गामा पाँचवटा टनेलमा गरिएको उनको तरकारी खेतीमा प्लाष्टिक मल्चिङ गरेर आधुनिक प्रविधिबाट तरकारी खेती गरिएको छ । उनले तरकारीमा विषादीको कम प्रयोग गर्न आइपिएम प्रविधबाट खेती गरिरहेका छन् ।

    Tuta lure, DBM lure, Spodo lure, yellow stiky, trap, light trap हरु प्रयोग गरेको उनी बताउँछन् । तरकारीमा किरा लाग्नबाट बचाउनका लागि गाईको गहुँतबाट झोल पनि बनाउँछन् । उनले सिजन अनुसारको तरकारी उत्पादन गर्छन् । जसमा पोखराका ठूला होटलहरुका लागि चाहिने तरकारी उत्पादनमा बढीजोड दिन्छन् । तर, ती होटलहरुमा उनी आफैं तरकारी पु¥याउँदैनन् । ‘ठूला होटलमा ठूला व्यापारीले नै प्ु¥याउँछन् हामीले ठूलो स्केलमा खेती नगरेको हुनाले होटलमा ५–६ सय केजीको हाराहारीमा तरकारी पु¥याउनु पर्छ त्यो हामीले सकिदैँन् । जान त ती होटलमै जान्छन्, तर हामीमार्फत होइन् अरु मार्फत पुग्छन् हाम्रा तरकारी ।’ खेम भन्छन् ।

    उनले बढी मात्रामा चाइनीज साग, गाजर धनीया, प्याज, लसुनको पात सलाद पत्ता, चाइनिज साग, बन्दा सेलरी पार्सली, चुकन्दर लगायतका तरकारी बढी उत्पादन गर्छन् । अनि बजार भाउ पनि राम्रो पाएको बताउँछन् खेम । उनी तरकारी खेतीबाट उनले मासिक ४० देखि ५० हजार कमाउँछन् ।

    पर्वतमै पनि त सुरु गर्न सक्नुहुन्थ्यो नी तरकारी खेती किन पोखरा आउनु भयो ? भन्ने ऐक्यबद्धताको प्रश्नमा ख्याम भन्छन्, ‘गाउँमा आफूलाई खान आफै उत्पादन भएको छ व्यवसायिक खेती गर्नका लागि पोखरा झरेको हुँ । पर्वतमा पनि गर्ने योजना बनाएको छु । ख्याम भन्छन्, ‘अर्को कुरा गाउँमा आफूले उत्पादन गरेको बजारसम्म पु¥याउनका लागि बाटो घाटो पनि त सहज छैन नी !’

    khem2
    खेमले कृषि तालिमकै लागि युएसएड र विनरोक इन्टरनेशनलको सहकार्यमा थाइल्याण्ड पुगेर कृषि सम्बन्धी तालिम समेत लिएका छन् भने गतवर्ष वाइपीएआरडी नेपालबाट ‘वेस्ट इन्नोभेटिभ अर्वाड’ र यो वर्ष ‘एग्रो टाइम्स वेस्ट अर्वाड’ हात पार्न सफल भएका छन् । तर, उनले अहिलेसम्म कुनै पनि सरकारी अनुदान भने पाएका छ्रैनन् । खेती किसानी गर्नमै सन्तुष्ट रहेका ख्याम भन्छन् ‘ कुनै पनि काम आफैमा सानो हुँदैन, मेहनत गर्दै जानुपर्छ अवस्य पनि सफल भइन्छ ।’

    ‘फर्क मु्ग्लानी, कुटो कोदालो गरेर खान पुग्लानी’ भन्ने व्यवहाररत आफ्नो जीवनमा उतारेका यी ३३ वर्षे ठिटोले विदेश जाने तथा विदेश गइसकेका साथीभाई लाई विदेशमा सीप सिक्न जाने र त्यहाँ केही समय बसेर सिप बोकेर देश फर्कन अनुरोध गर्छन् । विदेशमा गएर जे काम गर्न पनि तयार हुन चाहने साथीले यहि पनि केही गर्छु भनेर लागेमा आफ्नो माटो मलिलो बनाउन सकिने बताउँछन् खेम ।

    ‘किसानी भाई’ भनेर देशभरी चिनिन पाएकोमा खुसी भएको बताउँने उनी अन्य जिल्लाका विभिन्न ठाउँ तथा कृषि सहकारी तथा विभिन्न समुहका कृषक साथीहरु आएर फार्म भ्रमण गर्दा खुसी भएको बताउँछन् ।

    खेम भन्छन् ‘सन्तुष्ट छु, आफ्नै परिवार अनि आफ्नै माटोमा मेहनत गरेर नाम अनि दाम पनि कमाएको छु ।’

    ५६१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad