BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    ‘सात लाख नेपालीको अभिभावक दूतावास चुस्त-दुरुस्त हुनुपर्छ’

    संसार न्यूज संवाददातापौष ६, २०७४

    pushmita

    पुख्र्यौली घर काभ्रे फूलबारी भई काठमाडौंमा जन्मिएकी पुश्मिता ठाडा मगर १३ वर्षदेखी मलेसियामा कार्यरत छिन् । संस्थागतरुपमा कम्पनीको भिसामा काम गर्न मलेसिया पुगेकी मगर कार्यरत कम्पनी पहिलो मलेशियन कम्पनी हो, जसले मलेसियन सरकारबाट नेपाली महिला कामदार लैजाने स्विकृति पाएको थियो । हाल मलेसियाको जोहोरबारुमा ‘रेष्टुरेण्ट पाहुँना घर’ चलाएर बसेकी पुश्मिता हाल मगर संघ मलेसियाको अध्यक्ष समेत हुन् । उनै मगरसँग ऐक्यबद्धताले गरेको कुराकानी ।

    मगर संघ मलेसियाको अध्यक्ष हुनु भएको छ कस्तो महसुस गर्नु भएको छ ?
    प्रदेशी भुमीमा नेपाल मगर संघ मलेसियाको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाउँदा आफैमा गर्व महसुस गरेकी छु । हामी महिला पुरुष एकै रथका दुई पांग्रा भनिए पनि नेपाली समाजमा चाहे राज्य ब्यबस्थामा होस् या अन्य कुनै निकायमा होस महिलालाई गरिने व्यबहार अलि भिन्नै र विभेद पुर्ण नै हुन्छ । त्यसमाथि पनि अझ बिदेशी भूमिमा महिलालाई हरेक क्षेत्रमा असहज हुन्छ नै । त्यस्तो अबस्थामा पनि मैले आफूले केही गर्न सक्छु भन्ने साहस गरेँ र मलाइ सबै जनाले साथ दिनुभयो र दिईरहनु भएको छ । यसल केही गर्न सक्छ भन्ने बिश्वास गर्नु भयो । यसले मलाइ थप उर्जा दिएको छ । अत्यन्तै खुसी छु तर जिम्मेवारी कति पूरा गर्न चुक्छु कि भन्ने डर पनि छ ।

    मगर संघ मलेसियाले अहिलेसम्म गरेका कामहरु के के हुन र भावि योजना के छन ?
    मगर संघ मलेसियाले धेरै काम हरु गरेको छ । जस्तै बाढिपीडितहरुलाई सहयोग भूकम्प पिडितलाई सहयोग, नेपाल मगर संघ केन्द्रीय कार्यालयलाई विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । अर्को मगर संघ मलेशिया आफै लगानी र आयोजक भएर एभरेस्ट कन्सर्ट कार्यक्रम पनि गरेको छ । जुन अहिले ३ सम्म पुगेको छ । एभरेस्ट कन्र्सट २ कार्यक्रम म्यागेसेसे पुरस्कार विजेता दाजु महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रको सहयोगको लागि गरेका थियौं । त्यतिबेला नर बहादुर पुन दाजु अध्यक्ष हुनुहुन्थ्यो । अहिले पनि गौरवमय एभरेस्ट कन्सर्ट ३ सागर धमाका भब्य रुपमा सम्पन्न गरेका छौ । मलेसिया जस्तो ३० दिन १२ घण्टा काम गरेर पनि समितिका जुझारु साथिहरुको सहयोगले यति सम्म गरेका छौ । भावी दिनमा पनि सबै मिलेर परदेशमा सबैको समय मिलाएर सामाजिक कामहरु गर्दै जानेछौं ।

    pushmita2

    मलेसियामा नेपालीको संख्या कति होला, कामको प्रकृति पनि बताइदिनुहुन्छ की ?
    खासै कति छ भन्न नसकिएला । तर, अनुमानित ६ लाख देखि ७ लाख छन भन्ने गरिन्छ । यकिन तथ्यांक भने छैन । त्यस्तै करिब २०–३० हजार भन्दा धेरै अबैध तरिकाले काम गरिरहेका छन भन्ने छ । काम त यहाँ कोही आफै ब्यापार या कम्पनी खोलेर बस्नु भएको छ अरु सेक्युरिटी गार्ड र होटल रेस्टुरेन्ट र निर्माणर क्लिनर आदि नै हुन ।\

    अहिले त नेपाली दिदीबहिनीहरु पनि संस्थागत रुपमा धेरै पुग्नु भएको छ उहाँहरुको अवस्था कस्तो छ ?
    हो यहाँ थुप्रै महिला श्रमिक दिदीबहिनीहरु हुनुहुन्छ । तर, खासै समस्या देखिएको जस्तो लाग्दैन केही समस्या होलान तर जटिल समस्याहरु देखिएका छैनन् । पुरुष दाजुभाइहरु जस्तै अरु समस्या त उहाँहरुले पनि भोग्नुभएको छ । संस्थागत रुपमा आउनु भएको हुनाले दुर्घटना लगायका समस्याहरु भएपनि श्रमशोषण छैन भन्ने लाग्छ । जस्तो लाग्दैन बाकी त मैले माथी नै बताइ सकेकी छु ।

    मगर संघ मलेसियालाई अगाडि बढाउन के के योजना बनाउनु भएको छ ?

    अब यसै गरौ भनेर ठोस निर्णय त गरिएको छैन । विविध कारणले पनि निर्णय गर्न सकिएको छैन । तर, हामिले पहिलो कुरा सकेसम्म मलेसियामा रहनुहुने मगर समुदायको संख्या कति छ भन्ने तथ्यांक संकलन गर्ने, मगर भाषा–संस्कृतिको बिकासका लागि मलेसियामा रहेका मगर समुदयसंग सहकार्य तथा यहा कार्यरत मगर दाजुभाइदिदीबहिनीहरुको हरुको दुःख सुखमा सहायता गरिरहेका पनि छौं र अझ सक्रियतापूर्वक लाग्ने सोच बनाएका छौं । यसै हप्ता सम्पन्न मगर संघ मलेसियाको बैठकले पनि यस्तै निर्णहरु गरेको छ । र यसै हप्ता केन्द्रको बैठकले यस्तै महत्त्वपूर्ण कुराहरु पारित गरेर ठोस रुपमै अगाडि बढ्ने सोचेका छौं ।

    मलेसिया पुगेका नेपालीहरुको समस्या के के छन सरकारले के कस्ता कदम चाल्नुपर्ला ?
    समस्या भन्नु पर्दा उचित तलब नहुनु, सुरक्षाको ग्यारेन्टी नहुनु, घाइते तथा मृत्यु भएका हरुलाई क्षतिपूर्ति नहुनु र दूतावासले पहलीकदम लिन नसक्नु नै हुन जस्तो लाग्छ । नेपाल सरकारले यहाँ कामदारको मासिक तलबमा वृद्धिमा पहल गर्नुपर्छ । मलेसियन रिंगेटको दर रेट घट्नुका कारण पनि थुप्रै श्रमिकले समस्या खेप्नु परेको छ । श्रमिकहरुको सुरक्षाका कुरामा घाइतेलाई उपचार तथा मृतक परिवारलाई क्षतिपूर्तिको लागि कडा कदम चाल्नु पर्छ । दूतावाससंग नेपाली श्रमिकको सम्बन्ध नजिकको हुन जरुरी छ । यस बिषयमा सरकारले गम्भीर ध्यान दिनु पर्छ भन्ने लाग्छ । मलेसियामा रहेका झण्डै ७ लाख नेपाली श्रमिकको व्यवस्थापनका लागि सरकारले यहाँस्थित दूतावासलाई चुस्त–दुरुस्त राख्नु पर्दछ भन्ने मेरो तथा मगर संघ मलेसियाको माग हो ।

    १०७६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad