BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    पप सम्राट विष्टले भिडियोबाटै आफ्नो पीडा यसरी सुनाए (भिडियो सहित)

    संसार न्यूज संवाददातापौष १७, २०७४

    omdaiविजय थापा । मिर्गौला रोगले पीडित भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् । आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो ।

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज .(इनास)अमेरिकाले कलाकार बिष्ट संग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ । उक्त भिडियो मार्फत पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केहि दिन देखि दुवै मिर्गौला खराव भएर आफू डायलेसिसको उपचारमा रहेको भनि संदेश दिएका छन् ।
    यसैगरी अमेरिका पुगेका अभिनेता सरोज खनालले सहित कलाकार बिष्टको तन मन धनले सहयोग गरौ भनि सन्देश दिएका छन् ।

    कला र कलाकारको सारथी इनास अमेरिकाको मुख्य नारा ‘जिउदो श्रस्टाको सम्मान गरौं’ भन्दै कलाकारको लागि १० हजार डलरको गो फन्ड खोलेको छ । आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका अन्य संघरसंस्था संग समन्वय गरि सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ ।

    अहिले नगरे कहिले गर्ने ,हामी नेपालीले नगरे कसले गर्ने भन्दै यस्तो विषम परिस्थितिमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरुको धर्म हो । यसकारण आउनुहोस् हामी नेपाली सबै मिलि ओम बिक्रम बिष्टलाई सहयोग गरौ भनि ईनासले संदेश सार्बजनिक गरेको छ ।

    गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो ।

    टिकट दर २५ डलर तथा विशेष ( भिआईपी) का लागि ५० र १०० डलरको राखिने छ । कार्यक्रमको लागि विभिन्न राज्यहरुबाट कलाकारहरुको प्रस्तुति रहने छ ।

    ८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad