BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    सानु

    अनिरुद्र जोशी, (सुवेदी)'अनिल ज्वाला'पौष १९, २०७४

     

    अनिलले सानु नाम गरेको केटीलाइ सारै नै मन पराउथ्यो । सानु कलेज जाने चोकमा बिहानै–बेलुका सधै कुरि हेरि रहन्थ्यो । सानु पनि मुसुक्क हास्दै अनिल लाइ हेरेर अगाडि जान्थिन् ।

    परन्तु एक दिन अनिलले सानुलाइ चिन्तित देख्यो । सधै मुस्कुराउने अनुहार मलिन थियो सानुको । अनिल सोध्न पुग्यो । ‘सानु’के भयो तिमीलाई, सधै चन्द्रमा झै चमकने तिम्रो मुहार,नशालु मुस्कान जस्ले मलाइ उर्जा दिने अनुहार, आज किन ग्रहण लागेको छ ?’

    यो सुनेर सानुले भनिन्, ‘मलाइ एउटा न्यु फेसन ड्रेस सारै मन परेको छ । तर, घरकाले महङ्गो भयो भनेर किनिदिन नसक्ने भए, यो सुनेर अनिलले भन्यो ‘कुन पसलमा हो मलाइ देखाउ न सानु ? अनिल सानुसँगै पसलतिर लाग्यो । साच्चै ड्रेस अतिनै सुन्दर रहेछ साथै मुल्य पनि महङ्गो, सानु अनिलसँग बिदा भएर कलेज तिर लागिन् ।
    अनिल आफूले लगाएको गलाको चेन बिक्री गरेर सानुको लागि तो ड्रेस लियो । भोलिपल्ट बिहानै सानु आउने चोकमा गएर प्रतिक्षा गर्न लाग्यो । केही समयको प्रतिज्ञा पछि सानु पनि आइ पुगिन्, अनिलले सानुलाई फेसन ड्रेस उपहार दियो । सानु सारै खुशी भइन् । यसरी दुबैमा माया–प्रेम अंकुराउन थाल्यो । भेटघाट बढ्न थाले । सँगै बाँच्ने सगै मर्ने कसम पनि खाए । समयको चक्र पनि निरन्तर अगाडि बढ्दै गयो ।

    एकदिन अचानक सानुले भनिन्, अनिल, भोलिबाट कहिले पनि हाम्रो भेट हुदैन,म तिमीसँग अन्तिम पल्ट भेट्न आएकी हु । मेरो घरपरिबारले मेरो बिबाह एउटा धनी केटासग गरिदिने निर्णय गरेका छन । मलाइ पनि धनी मान्छेसँग विवाह गेर्न मन छ । बिबाहपछि मोटर, काठमाडौमा ठुलो घर, नोकर–चाकर, सुन–गहना सबै पर्याप्त हुन्छन् । तिमीसँग एउटा सानो जागिर र यो साइकल बाहेक के छ र ? मलाइ कसरी पाल्छौ ?

    अनिललाई यो सुनेर रिंगटा आउला जस्तो भयो । उसको संसार नै सकियो । सबैतिर अँध्यारो लाग्यो । उभिनै गारो भयो थ्याच्च जमिनमा पछारियो र भन्यो ‘सानु म गरिब अवस्य छु, परन्तु जुन कुरा म तिमीलाई दिन सक्छु त्यो संसारको कुनै धनवान व्यक्तिले दिन सक्दैन् ।’ उसका यस्ता कुराले सानुमा कुनै प्रभाव पर्ने अवस्था थिएन । उनी धनी व्यक्तिसँग बिबाहपछिको सुखबिलासको सपनीमा रमाउदै थिइन् । अनिललाइ त्यहि जमिनमा पछारिएको अवस्थामा छोडेर उनी घर तिर लागिन् ।

    केही दिनपछि उनी उसै धनी व्यक्तिसग बिबाह गरेर आफनै संसारतिर लागिन् । यता अनिल जिउदो लास जस्तै घर्सिरहेको थियो । समय आफ्नै गतिमा गतिशील थियो । केही बर्षपछि अचानक अनिलले सानु बिमार छिन भन्ने सुन्यो । उनी अस्पतालको आइसियुमा रहेको थाहा पाएपछि अनिल हतार–हतारमा सोधखोज गर्छ के भाको हो सानूलाइ ?

    उनको बुबाले भन्छन, ‘बाबू सानुको मुटुमा ठूलो प्वाल रहेछ डाक्टरले मुटु नै फेर्न पर्ने अवथा भएकोले वचाउन नसक्ने कुरा गर्छन उनी अचेत अवस्थामा आइसियुमा छन अब अर्को मुटु म कहाबाट ल्याउ ?

    अनिलले अस्पतालको काचको सिसाबाट सानुलाइ हेर्छ । र आफ्नो मुटु सानुलाइ दिने निर्णय गर्छ । अर्कोदिन सानुको अपरेशन सुरु हुन्छ । दुबैलाइ अपरेशन कोठामा लगिन्छ । आँखा बन्द हुने समयसम्म अनिलले सानुलाई नै हेरि रहेको थियो । अपरेसनको अर्कोदिन सानुलाइ होस आयो उसका आखा खुल्छन उनीलाई बिस्वासनै लाग्दैन, कि आफू जिबित छु भनेर । उनले यताउता हेर्छिन,आफ्नो परिवारलाइ आफ्नो वेडको वारिपरि खुशी मुद्रामा देख्दा बल्ल बिश्वास गर्छिन आफूले पुर्नजीवन पाएको र आफ्नो बुबासँग सोध्छीन, ‘म कसरी बाचे ? कस्ले दियो मलाइ मुटु ?’ यो सुनेर बुबाले गोजिबाट पत्र निकालेर सानुको हातमा राखी दिन्छन्, जुन पत्र अपरेशनरुममा जानुभन्दा पहिला अनिलले लेखेको थियो ।

    मैले तिमीलाइ जुन कुरा दिन सक्छु संसारको कुनै धनाढ्यले दिनसक्दैन ।
    ‘अनिल’

    यता सानु आफ्नो परिवारसँग पुर्नजीबन पाएकोमा खुशी साटासाट गर्दै थिइन् । उता शवगृहमा अनिलको लास अलपत्र थियो । अनिल अनाथ भएकोले दाहसंस्कारको लागि अस्पताल प्रशासन नगरपालिकासँग हारगुहार गर्दै थियो ।

    हाल इजरायल

     

    ४४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad