BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    डेभिड लुईज जनवरी ट्रान्सफर विन्डोमा रियल जान सक्ने

    संसार न्यूज संवाददातापौष २१, २०७४

     

    २१ पुस, काठमाडौँ । ईङलिश क्लब चेल्सीका सेन्टर ब्याक डेभिड लुईज स्पेनिश क्लब रियल म्याड्रिड जाने सम्भावना बढ्दै गएको छ ।
    चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको टिममा अटाउन् नसकेपछि लुईजले चेल्सी छाड्ने संकेत गरेको फ्रेन्च बाट प्रकाशित हुने पत्रिकाहरुलाई जनाएका छन् ।
    रियलका कप्तान सर्जियो रामोशले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको कारण रियलको रक्षा पंक्ति यस सिजन खासै जम्न सकेको छैन् । तसर्थ रियलले लुईजलाई भित्राउन खोजेको हो । पेपेको बहिर्गमन पछि रियल म्याड्रिडमा अनुभवी डिफेन्डरको अभाव हुदैँ आएको छ ।
    उता कोन्टेको नजरमा पर्न नसकेका लुईजले आउँदो विश्वकपमा स्थान बनाउनको लागि भएपनि निरन्तर खेल्ने चाहेका कारण उनको बर्नेबाउ जाने सम्भावना बढ्दै गएको हो ।

    ८४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad