BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    कसरी मनाउने त पृथ्वी जयन्ती ?

    पुस्पलाल पाण्डेपौष २६, २०७४

    बितेका दश बर्षमा पुस २७ लाई लिएर थुप्रै बहस र बिबादहरु भएका छन । फेरी पनि अर्को पुस २७ आएको छ र बिबिध कोणबाट बहस र पैरविका शृङ्खला समेत सुरु भएका छन् ।
    सामान्य दिनको रुपमा पुस २७ बर्षको एकदिन आउने नियमित दिन हो । तर, यसदिनको ऐतिहासिकता र यसले दिने आम सन्देशका कारण यो दिन नेपालीहरुका लागिी बिसेष दिन हो । यो दिन बृहद नेपालको एकिकरणका महानायक पृथ्वी नारायण शाहको जन्मदिन हो ।
    नेपाली जाती र नेपाली राष्ट्रियतालाई एकताको सुत्रमा बाध्न पृथ्वी नारायण शाहले खेलेको भूमिकाका कारण उनको जन्मदिन नेपालीहरुकालागि राष्ट्रिय पर्व हो । जसरी बिस्मार्क, गौरिवाल्डी र जर्ज वासिङ्ग्टनले राष्ट्रिय सम्मान र चर्चा पाएका छ्न त्यहाँभन्दा धेरै सम्मानका हकदार पृथ्वी नारायण शाह रहेका छन् ।
    तर पछिल्लो समयमा सिन्धुलीगढिको युद्दमा सर्मनाक हार बेहोरेका बेलायती उपनिवेसी र तीनले सन्चालन गरेका बिभिन्न संघ–सस्थाहरुको दातब्य खाएकाहरु पृथ्वी नारायणको उछितो काढ्न ब्यस्त छ्न । बेलायती साम्राज्यबादले गोरखालीहरु सँग भोगेको उक्त सर्मनाक पराजयको बदला पृथ्वी नारायण शाहको नेपालले दिएको दिग्गज दिमाग बोकेर पराइको सेवामा लागेका बर्तमानका केहि स्वघोषित बुझक्कडबाट लिइरहेको छ । यसको चस्का नेपाली राजनीतिमा समेत राम्रै देखिएको छ ।

    हाम्रा स्वघोषित बिद्धानहरु पृथ्वी नारायण शाहले युद्धमा प्रयोग गरेको बल र सैन्य शक्तिको खुव आलोचना गर्न तम्सिएका देखिन्छन् । उनीहरुले पृथ्वी नारायणले सैन्य बलको सहायताबाट स्थानीय सत्ता कव्जा गरेको बताउछन् । सामन्तबादको झरझराउदो त्यो समयमा मतदानबाट राष्ट्रिय एकता कति सम्भव थियो उनीहरुले कहिल्यै दिनु पर्दैन । किनभने नेपाली राष्ट्रिय एकता अभियानका आलोचकहरु प्रजातन्त्रकी जननी भनिने बेलायतीहरुबाट पोषित छन् ।

    जात जाती, भेग र भुगोलका बितण्डा निकालेर पृथ्वीनारायणको एकताको बिरोध गर्नेहरुले दुनियामा कही कतैका उपनिवेशिक शासनहरुको कतै पनि बिरोध गरेको सुनिदैन । इतिहासको मजबुत र एकिकृत नेपाललाइ केहि शाषकहरुले आफ्नो निजी पेवाजस्तो भाइ छोरामा बाडेर जनता र भुगोलको बिभाजन गरेको तितो सत्य बिर्सिएर एकताको बिरोध गर्नुलाई पाखण्ड बाहेक अरु के भन्न सकिएला र ?
    काठमाण्डौ उपत्यका , मकवानपुर, चौदन्डी, बाइसे र चौबिसे अन्तर्गतका धेरै रजौटाहरुले देशलाई भाइ आसमा बाडेरै चोइटाएका थिए । टुक्रिएर चोक्टा चोक्टा भएको, आ–आफै लडेर टाक्सिएको देशलाई सवल र एकिकृत बनाउनु पाप थियो भने पृथिवी नारायण ले यो पाप गरेकानै हुन । यो महान पाप गर्न सैन्यसक्ती प्रयोग गर्नु त्यो बेलाको आवश्यकता थियो भन्ने बुझ्न नेपाल एकिकरण को १ सय वर्षपछी बनेको जर्मनी एकिकरणका नायक बिस्मार्कको एकिकरण अभियानबाट पनि बुझ्न सकिन्छ ।
    नेपाल एकिकरणको सय बर्षपछी दुनियामा धेरै बदलाव आइसकेको थियो । यस बिचमा थुप्रै प्रजातान्त्रिक संस्थाहरुको बिकास भइसकेको थियो । तर जर्मनी नामक देश बनाउदा बिस्मार्कले सेना र हतियार नै प्रयोग गरेका थिए । सन् १८६२ मा प्रसाको संसद्ले बिस्मार्कको एकिकरण अभियान रोक्न खोज्दा उनले भनेका थिए ू आजको समस्याको समाधान भासण र बहुमतका प्रस्ताब बाट हुँदैन । यसलाई समाधान गर्न रगत र सस्त्रको आवस्यकता छ ।
    उन्नाइसौ सताब्दिको मध्यसम्म विश्वमान चित्रमा कतै नभएको जर्मनी बिस्मार्कको सेना र हतियारबाटै जन्मिएको हो । दुनियाले १८७१ सम्म कतै नदेखेको इटाली गौरिवाल्डिकै सेनाले निर्माण गरेको हो । नेपाल एकिकरण पछी प्रजातन्त्रको छहारिमा हुर्किएका देशका लागि त एकताका लागि हतियार र सेना आवस्यक रह्यो । एक सताब्दी पछि सम्म त एकताको लागि सेना अनिवार्य रह्यो भने त्यस बेला बल प्रयोग आब्स्यक थियो भन्ने बुझ्नै पर्छ । त्यस्मा पनि कुनै जमानाको बृहद राष्ट्रको क्षयिकरण रोक्नु अनिवार्य थियो । त्यसका लागि जती सक्यो छिटो एकता आवश्यक थियो । सेना र हतियारको उच्च्तम प्रयोगका बाबजुद पृथ्वीनारायण शाहले बिजित इलाकामा स्थानीयकै सहभागितामा सत्ता सन्चालन गरेको पाइन्छ । यसले पनि के बुझाउछ भने उनी त्यतिबेलाका प्रगतिशिल शासक समेत हुन । र उनमा प्रजातान्त्रिक चेत समेत उच्च थियो ।
    पराइको पिडो खाएर पालिएका केहि मान्छेहरु अहिले पृथ्वी नारायणलाई संग्राहलयका लागि योग्य भन्दै हिडेको समेत सुनिन्छ । जसलाई आफ्नो धर्तिको माया छैन । जसले आफ्नो इतिहास प्रति गर्व गर्न सक्दैन त्यो मानिस कहिल्यै असल र सभ्य नागरिक बन्न सक्दैन् । सायद पृथ्वीनारायणले इतिहासको महत्वपूर्ण क्षणमा यो देशलाई एउटै मालामा न उनिदिएको भए अहिले आफुलाई नेपाली हुँ भन्नु पर्ने थिएन भन्ने कुण्ठा कसैमा छ भने त एउटा कुरा हो अन्यथा यो देशकालागी उनि एउटा उज्वल नक्षत्र हुन ।
    यो पावन दिनमा उनको जन्मदिन मनाउनु उनको श्रद्धा मात्रै होइन राष्ट्रिय एकता र राष्ट्र भावको उद्घोष पनि हो । यता ०६४ पछी पृथ्वी जयन्तीमा राष्ट्रको सहभागिता नहुनु राष्ट्रिय चिन्तनबाट राज्य टाढिनु जस्तै भएको छ । यसले राष्ट्रको इतिहासमा राज्यले गर्व गर्न नसकेको देखाउछ । यो राज्य बिघटन को प्रारम्भिक चरण हो । यसकारण राष्ट्रिय स्वाभिमानका लागि बिसेष रुपमा मनाउनु आबस्यक छ ।

    ११२८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad