BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    ईन्टर स्ट्राईकर ईकार्डीद्वार रियलसँगको मेडिकल पुरा

    संसार न्यूज संवाददातापौष २७, २०७४

    एजेन्सी । ईन्टर मिलानका स्ट्राईकर माउरो ईकार्डी द्वारा  रियल म्याड्रिडको मेडिकल पुरा गरेको ब्रिटिस मिडिया डेली एक्सप्रेसले दाबी गरेको छ ।
    रियल म्याड्रिडले ईकार्डीको लागि तिर्नुपर्ने ९९ मिलियन पाउन्ड बराबरको रिलिज क्लज बराबरको रकम तिर्न तयार भएसँगै ईकार्डीलाई बेच्न ईन्टर मिलान तयार भएको हो ।
    यस सिजन लालिगामा निकै कमजोर प्रदर्शन गरेको रियलले निकै संघर्ष गरिरहेको छ । स्ट्राईकर नचल्नाले रियल गोलको खडेरीबाट गुज्रिरहेको अवस्थामा ईकार्डीको आगमनले रियलको प्रदर्शन सुध्र्रिने विश्वास गरिएको छ ।

    यस सिजन सिरिए मा निकै राम्रो प्रदर्शन गरिरहेका इकार्डीले २२ खेलबाट १८ गोल गरिसकेका छन् । यस्तै उनको हालको टिम युरोपियन च्याम्पियन्स लिगबाट समेत बाहिर रहेकाले उनी रियलबाट च्याम्पियन्स लिग खेल्ने समेत योग्य हुने छन् । तसर्थ उनलाई भित्राउन रियलले क्लबको किर्तिमानी रकम तिर्न तयार देखिएको हो । यस अघि रियलले गयारेथ बेललाई किन्दा ८५ मिलियन पाउन्ड बराबरको रकम तिरेको थियो ।

    ३४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad