BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    बर्सेनी पोलिन्छन् चेपाङ बालबालिका

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, चितवन । चितवन इच्छाकामना गाउँपालिका १ थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलीएका कारण १० वर्षिय ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । २ वर्षको हुँदा उनलाई आगोले पोलेको हो ।
    जाडोबाट बच्न अँगेनाछेउँमा सुत्दा खुइली पोलिएकी हुन । आगोले पोलेपछि कपाल दढेको थियो । टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो । दाहीने हातको औलाले खासै काम गदैनन, देब्रो हातको कुम देखि पाखुरासम्म पोलेको छ । ‘आगोछउ सुत्दा राती अगेनामा परी,’ श्यामले भने, लुगा ओढ्न नपाउँदा अगेनामा सुत्नुपर्छ । ’आगोले पोलपछि खुइली उपचार पाइनन् । श्यामले बाख्राको बगौला पिनेर लगाए ।
    थाप्राङकै विष्णु चेपाङले छोराको नाम गौखुट्टे राखेका हुन आगोले पोलेर खुट्टामा असर परेपछि गाईको जस्तो खुट्टा भएकोले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए । घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन । आजको अन्नपूर्ण दैनिकबाट

    ११६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad