BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    पश्चिम सेती अन्योलमा

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएका चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ ।
    ‘आयोजना निर्माण सम्बन्धी र्का योजना’ पाठाउनुको कुनै टुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिहरेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेपछि दुई दशक भन्दा बढी प्रतिक्षित आयोजना विघटनको संघारमा पुगेको छ । गत अक्टोबारमा लगानी बोर्डले सीटीजीआईएले निर्माण तालिका र समय उल्लेख गदै ‘कार्य योजना’ छिटो पेस गर्न पत्राचार गरेको थियो ।
    उक्त पत्रको जवाफ दिँदै सीटीजीआईले प्रमुख रुपमा दुईवटा विषयमा सरकाले निर्णय गर्न नसकेको भन्दै आयोजनाबाट विमुख हुन लागेको हो । उसले लेखेको पत्रानुसार हाल विद्युत प्राधिकरणले कायम गरेको जलाशययुक्त आयोजनाको विद्युत खरिद दर र उसले हालसम्म गदै आएको खर्चको पुँजीकरणलाई मुख्य मुद्धा बनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । आजको अन्नपूर्ण दैनिकबाट

    ८५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad