BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    चिसोबाट तराईमा २८ जनाको मृत्यु

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । तराई मधेसका कतिपय जिल्लामा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नोपल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँग प्रभावित भएका छन । चिसोका कारण मर्नेमा बढी वृद्धवृद्धा र बालबालिका बढी छन ।
    केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो लागेर सप्तरी र रौतहट जिल्लामा मानविय क्षति बढी भएको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यलयका अनुसार केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण सप्तरीका ११ जना र रौतहटका आठ जनाको मृत्यु भएको छ ।
    त्यस्तै सर्लाहीमा तीन सय र सिरहामा दुई जना, पर्सा, कपिलवस्तु, महोत्तरी र धनुषामा एक–एक जना गरी नौ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ । पछिल्लो एक हप्ताको अवधिमा सप्तरीको अग्नीसाइबर कृष्णसवरनमा ६५ वर्षीय लखन ठाकुर खडक नगरपलिका मुसरनियाका ७० वर्षीय मुसहरु र्चाधरी, कञ्चनरुप नगरपालिका २ का६० वर्षीय भुटनीदेवी यादवर ६४ वर्षीय प्रेमबहादुर माझीको चिसोका कारण कठ्याङग्रीएर मृत्यु भएको छ । आजको गोरखापत्र दैनिकबाट

    १७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad