BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    घरघरमा भाइरलका बिरामी, तीन साताभित्र १३ को मृत्यु, १५ सय बिरामी

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, काठमाडौं । जाजरकोटको विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सय बढी बिरामी परेका छन । जुनीचाँदेका १,२,३ र ११ वडामा ज्वरो फैलिएको हो । बिरामीहरुको सामान्य उपचार भएपनि अझै रहेक घरमा बिरामी छन । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाई भएको छ ।
    बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका एक सय ५० जना भाइरलबाट ठलिएका छन । एकै परिवारका ५ जना बिरामी छन । ३५ वर्षीय आमा तुलसी बुढा, ५ वर्षीय प्रकाश, ८ वर्षीय निर्मला, १० वर्षीय खिमेर १२ वर्षीय खिमेरी भाइरलबाट थलिएपनि उपचार पाएका छैनन् । उक्त गाउँकै परिबहादुर बुढाका घरमा पनि ६ वर्षीय दीपक २१ वर्षीय मन्दरा, ९ वर्षीय राजेन्द्र र १५ वर्षीय कमला भाइरलले थलिएका छन । बडेकुलेबाट ५ मिनेटको दुरीमा स्वास्थ्य संस्था भएपनि औषधि नभएकाले स्थानीय जाँदैनन् । स्वास्थ्यकर्मीले दिएको सिटामोल सन्चो नहुने हँुदा स्वास्थ्य संस्थामा नगएको तुलसी बुढाले बताइन । बरु घरमै बसेर आराम गर्ने र धाँमीझक्रिसँग उपचार गराउने गरेको उनले बताइन । आजको कान्तिपुर दैनिकबाट

    ११८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad