BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    सुरक्षा कारबाहीका क्रममा २३ विद्रोहीको मृत्यु

    संसार न्यूज संवाददातापौष २८, २०७४

    २८ पुस, जलालावाद, अफगानिस्तान ।  अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राति भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन् ।

    भिडन्तका क्रममा सुरक्षाकर्मीहरूले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ ।

    तालिवान लडाकूहरूको अखडा मानिने सुर्दोङमा बुधबार राति सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए, त्यस क्रममा २३ जना लडाकू मारिएका छन् भने १४ जना पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मारिएका मध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चार जना विभागीय कमाण्डरसमेत रहेका छन् ।

    सुरक्षाकर्मीहरूले तीन वटा ठूला सवारी साधन, चार वटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र हातहतियारहरूसमेत नियन्त्रणमा लिएको छ ।

    ८७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad