BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    ट्याटु व्यवसायबाटै क्याथरिन बनिन् अर्बपति

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, काठमाडौं । ट्याटु कला\ व्यवसायबाटै कोही अरब पति बन्न सक्छन् भन्ने कुरा धेरैलाई पत्याउन गा¥हो होला । तर, अमेरिकी ट्याटु व्यवसायी क्याथरिन ड्रयाचेनवर्ग ( क्याट भोन डी) ट्याटु कलालाई पछ्याउँदै अर्बपति बनेकी छन् । यिनी मेक्सिकन–अमेरिकी ट्याटु कलाकारका नामले समेत प्रख्यात छिन् । जटिल र कलात्मक ट्याटुको डिजाइन गर्नमा खप्पिस यिनका ग्राहक हलिउडका चर्चित सेलिब्रेटीहरु समेत छन् । यिनी आफ्नो यो व्यवसाय ‘ क्याट भोन डी’ को नामले चलाउँछीन् । क्याथरिनमा सानैदेखि आफ्नो संस्कृति र त्यसको प्रभावबारे राम्रो थाहा थियो । त्यसैले यिनलाई आफ्नो आम्दानीको श्रोत बनाउँने निधो गरिन् । यिनलाई यो क्षेत्रमा ल्याउनमा महत्वपूर्ण योगदान यिनकी हजुरआमाको रह्यो ।
    बाल मनोज्ञिान बुझेकी हजुरआमाले नातिनीले बनाएको कुनैपनि चित्रलाई मुक्त कण्ठले प्रसंसा गरिदिइन् । फुच्ची क्याथरिनलाई आफ्नो कामको प्रंशंसा परिवारको सदस्यबाट पाएपछि यिनी झनै उत्प्रेरित हुँदै अघि बढ्न थालिन् । ऐजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुर दैनिकले लेखेको छ ।

    ७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad