BizPati

  • Ad
  • आज : २०७५ आषाढ ८ गते
    Headlines :
    Ad

    यी हुन् सरकार र डाक्टर केसीसँग भएका सहमतिका पाँच बुँदा

    संसार न्यूज संवाददातापौष २९, २०७४

    २९ पुस, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् ।
    सरकार र अनसनरत डा गोविन्द केसीबीच शुक्रबार राति सहमति भएको हो । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
    केसी र सरकारबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्राडा जगदीशप्रसाद अग्रगाललाई नै निरन्तरता दिने उल्लेख छ ।

    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । यस्तै त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ ।
    तर प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा केसीको प्रमुख माग भएपनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।

    सर्वोच्च अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न आदेश दिएलगत्तै प्रा डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए । अदालतले उनीमाथि अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । तर, केसी अदालतकै आदेशमा तारेखमा छुटेका थिए ।

    १०८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad