BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    ‘समाजबादी स्कुलिङ्लाई बीपीको युगपछि समाप्त पार्दै लगिएको छ’

    संसार न्यूज संवाददातापौष २९, २०७४
     
    अहिलेको नेपालको राजनैतिक अवस्थालाई नढाटि भन्दा पार्टी नेता र सांसदहरु गूटबाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यबसाय भएको छ । यो दशा नेपाल मात्र होइन,  दक्षिण एसियाको हालत पनि यस्तै  छ । फरक के मात्रै हो भने नेपालीहरुको तुलनामा भारतीय जनता केही बेसी सावधान र बढी अनुभबी छन् । नेपालमा सबै नीतिगत योजनाहरुको रहस्य तुरुन्तै खुल्छ । तर भारतको ब्युरोक्र्याटको योजना सफलता पछि मात्र थाहा हुन्छ

    नेपालका एक राजनैतिक विचारक, समाजबादी आन्दोलनका धरोहर र नेपाली कांग्रेशका आदर्शबादी नेता गोबिन्द शर्मा कंडेलका कान्छा छोरा शेखर कंडेल हाल बेलायतमा बस्छन।  उनि पनि नेपालमा छँदा बिद्यार्थी आन्दोलनमा छुट्टै परिचय बनाइ सकेका थिए । विसं २०४५ को आन्दोलनमा त लामो समय जेल समेत परे।  परिवारमा कमाउने थिएनन । सबै राजनीतिमा होमिए। ब्याबहारले निर्मोही भएर निचोर्दा समेत उनि पार्टी र आन्दोलनमा लागिरहे । धौलागिरिमा बुबाको सहारा नलिइकन चिनिन सक्ने परिचय बनाए।  दुइ दसक अगाडी युरोप आए । त्यसको तीन वर्षपछि बेल्जियम । जहाँ पुगे जनसम्पर्क समिति बनाउदै हिंडे । कसैले जस दिए कसैले दिएनन । कतै पदको लागि मरिहत्ते पनि गरेनन र आफ्नो गुनासो सडकमा सुकाउदै पनि हिँडेनन । अघिल्लो हप्ता उनै शेखर अर्थात कांग्रेशको बैचारिक बहसमा तार्किक भूमिका निभाउन सक्ने बाग्लुंगे युबा नेतासंग बेल्जियममा भेट भो। डिल्लीराम अम्माईले बेल्जियममा लिएको अन्तर्वार्ताको अंश :

    समाजवादीहरुको आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरुलाई समाजको सार्वजनिक सम्पत्तिको रुपमा फेर्नु हो ,नेपाली कांग्रेशले शुरुवात कालमा लिएको समाजबादी नीति पनि त्यहि हो भनिन्छ ?

    हो, पक्कै हो, हामी के भन्छौं भने समाजबादी आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसको लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरुको जरुरत हुनेछ । तर दुर्भाग्य पार्टीको यहि समाजबादी नीति, राष्ट्रियता सम्बन्धि रणनीति र प्रजातन्त्रको मुलभुत कुराहरुबारे पार्टी भित्र अचेल बहस नै हुदैन । दुख साथा भन्नु पर्छ, समाजबादी स्कुलिङ्लाई बीपीको युगपछि समाप्त पार्दै लगिएको छ ।

    बिपीले जारि गरेको पार्टीको घोषणापत्र केवल नेपाल वा केही त्यस्तै एक–दुईटा देशहरुको लागि मात्र उपयोगी हुनेछन्  वा संसार भरि ?

    गज्जबको प्रश्न , यदि तपाईं त्यो बेलाको घोषणापत्र मात्रै पढेर हाम्रो बारेमा नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु– तपाईं हाम्रो संगठनका गतिविधिहरुको बारेमा केही पनि जान्न सक्नुहुन्न । उद्देश्यको कुरा हो भने संसारभरिका प्रजातान्त्रिक समाजबादीहरुको कार्यदिशामा खास भिन्नता छैन।  केहि आफ्ना देशका मौलिक कुराहरु पनि छन् ति कुराहरुबारे बीपीले समेत स्पष्ट पार्नु भएको छ – “यस घोषणापत्रका कैयौं कुराहरुको नेपाल भन्दा बाहिर कुनै महत्व छैन ।” युरोप, अमेरिका, ल्याटिन,एसियामा समेत ती देशका आ–आफ्ना विशेष कठिनाइ, त्यसका भिन्न अनुभब र आफ्ना मौलिकता अनुरुप त्यो बेला मोर्चा र संगठनहरु ति देशका मौलिकता अनुरुप बनेका थिए । त्यो हुदाहुँदै पनि ति सबै औपनिबेशिकता बिरोधि, प्रजातान्त्रिक समाजबादी आन्दोलनसंग समाजबादीहरु बीच अनुपम अन्तर सम्बन्ध थियो ।  उनीहरु र हामिहरुको सांगठानिक रुपमा भिन्न मौलिक बिशेषताहरु भए पनि उद्देश्यहरुमा समानता थियो। ति उद्देश्यहरुलाई आंशिक रुपमा बाहेक हामीले अझै प्राप्त गर्न सकेका छैनौ  जुन हामी सबै उद्देश्यहरु प्राप्त गर्न निरन्तर प्रयत्नरत छौं र हुनुपर्छ ।

    तपाइको पार्टीको समाजबादी कार्यदिशा भनेको के गरिब वर्गको प्रभुत्व कायम गर्नु हो ?

    होइन हजूर , त्यो उद्देश्य भनेको कसैको अधिनायकत्व कायम गर्नु हैन , हाम्रो पार्टीको नीति भनेको  मानबता सहितको समाजबादी कार्यक्रम लागु गर्दै स्वतन्त्रता सहितको सामुहिक आर्थिक संवृद्धि तर्फको अभियान हो । गरिबको प्रभुत्वको नाममा नेतृत्वले तानाशाहा जन्माउने परिपाटी त कम्युनिष्टमा हुन्छ । हामीले संबैधानिक राजतन्त्र, गणतन्त्र र संशदिय प्रजातन्त्र भित्र समाजबाद लागु गर्न सकिने बिस्वास गर्छौं। जस्तोकि बेल्जियम, निदरल्याण्ड, फ्रान्स, जर्मन भिन्न भिन्न प्रकारको प्रजातन्त्र भएका समाजबादी मुलुकहरु हुन्।

     के नेपालका समाजवादी काँग्रेसीहरु युरोपियन प्रजातान्रिक समाजबादी आन्दोलनलाई महत्वपूर्ण मान्दछन् ?

    हो, हाम्रा आदर्श समाजबादी राज्य नर्वे, डेनमार्क, जर्मन लगायत युरोपियन भूमिमा अहिले फुलिरहेका छन् । जहा संसारका असंख्य आप्रबासीहरु पेटको आगो निभाउन रित्तो थाल थापेर डगारिरहेका छौ।  यहाँ  यिनैले दिएको पापड खाएर यहि ठाउमा बिस्ट्य़ाउदै यिनैलाई गालि गर्ने पनि युरोप भित्र छिरेका छौ भने समर्थन गर्ने पनि मिलेर बसेका छौँ ।  युरोपको रेनेशा, औद्योगिक क्रान्ति,मजदूर र नारी मुक्ती आन्दोलनहरु र यहाका देशहरुले अँगालेका  समाजबादी राजनैतिक कार्यदिशा नै यी देशको विकासको आधार हो । के पनि भनिन्छ भने संसार भरिका समाजबादी आन्दोलनका भुर्णहरु बेलायत र फ्राँसबाट ल्याइएको हो । आजभन्दा २०० वर्ष अगाडि जब बेलायतमा मजदुर आन्दोलनको रुप जुझारु हुन थालेको थियो, तब यहाँ पनि प्रजातान्त्रिक समानतालाई प्रस्थान बिन्दु मानिएको थियो ।  यो कुरा समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको कुरा हो । अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर यूनियनहरु फल्न–फूल्न थाले । त्यसपछि त्यस्ता मजदुरसभाहरुको निर्माण हुनथाल्यो, जसबाट विभिन्न उद्योगहरुमा काम गर्ने मजदुरहरुबीच एकता कायम भयो । र, अन्त्यमा राष्ट्रिय मजदुर संघको स्थापना भयो । यदि तपाईंले यो क्रमिक विकासमाथि ध्यान दिनुभयो भने तपाईंलाई थाहा हुनेछ– आन्तरिक आवस्यकताले नै शुरुमा फ्राँसमा समाजवाद पैदा भयो र त्यो पुँजीको केन्द्रीकरण तथा मजदुर एवं मालिकको बदलिंदो मानबिय सम्बन्धका कारण संभव भयो ।

    स्वस्थ बहसको लागी बेल्जियम युरोपको नमुना हुनु पर्ने हो, अराजकताको र अनुशासन बिहिनाताको अवस्था नहुनु पर्ने हो । अग्रजहरुलाई सम्मान सहित ब्यबस्थापन पनि गरिनु पर्ने हो। तर सबै साथिहरुसंग संगठनका गुनासाहरु मात्र छन्, सबै साथीहरु दुखि देखिन्छन, यो सब दुर्भाग्य हो ।  त्यहि कारण अहिले अलिक निस्क्रिय त हैन तर विक्षिप्त जस्तो छु ।

     अब तपाईं के बताउनुस् भने तपाईंको पार्टीले अंगालेको समाजवादले अहिलेसम्म केके गर्यो ?

    दुईवटै कुरा भएका छन् । समाजवादीहरुले पुँजी र श्रमको समान पहुँच स्थापित गर्न व्यापक संघर्षको बाटो देखाएका छन् । अर्थात् त्यसलाई विश्वव्यापी बनाएका छन् । यसैको फलस्वरुप संसारभरका राष्ट्रिय पुँजीपति, किसान र मजदुरहरुबीच एकताको विचार जन्मिएको छ । र, विचार अहिले अरु बेसी आवश्यक भएको छ, किनकि पुँजीपतिहरुले मजदुरको बहालीका लागि संसारभरका मजदुरहरुमाथि आँखा लाउन थालेका छन् । एक खालले सम्झौता गर्न थालेका छन् । अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स र जर्मनीका कम्पनीका मालिकहरुले समेत स्वदेशी मजदुरहरु सँग सँगै  विदेशी मजदुरहरुलाई उपयोग गर्न थालेका छन् । यो सताब्दी ग्लोबलाइजेसनको हो। अब स्थानिय समस्याले पनि अन्तराष्ट्रिय रुपमा प्रभाब पार्छ। यसबाट के सावित हुन्छ भने समाजवाद कुनै स्थानीयरुपमा समस्याको हल होइन रहेछ । यो त अन्तराष्ट्रिय राजनैतिक समाधानको नाम हो । यो त आफ्नो मौलिक रुपमा जहा पनी लागु गर्न सकिने रहेछ । यहि कुरा त्यो बेला नै बुझेर बीपीले प्रजातन्त्र सहितको समाजबादमा जोड दिनु भो, बिचारको बहस स्वतन्त्रता, निजि मौलिक क्षमता, मानब अधिकार र मौलिक हक सहितको समाजबादी आन्दोलनलाई पार्टीको नीति बनाउनु भयो । यसको अन्तरास्ट्रिय महत्व कहिल्यै समाप्त हुदैन ।  हामीलाई आफ्नो मौलिक बिशेसता र महत्वा सहितको समाजबादी आन्दोलनका उद्देश्यहरुको बारेमा मुर्त ज्ञान नहुँदा नहुँदै पनि प्रजातान्त्रिक समाजबादी आन्दोलन स्वतस्फुर्त रुपमा, लगातार अगाडि बढिरहेको छ ।

    तपाइँ नेपाली कांग्रसका गतिबिधिबाट सन्तुष्ट हुनुहुन्छ ?

    प्रजातान्रिक समाजवादीहरुको दृष्टिकोणमा नेपालको वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्व अझै विद्यमान छ । युरोपमा साम्यवादीहरुसंगको राजनैतिक प्रतिस्प्रधा र भ्रस्ट क्याथोलिक साशनलाई उखलेर फालेपछि समाजबादीहरुले आफ्नो सम्पुर्ण शक्ति देशको आर्थिक रुपान्तरण गर्न लगाए । कन्जरभेटिभ र साम्यवादीहरुसंग मत भिन्नता भएपनि देश निर्माणमा एक देखिए । युरोपले भ्रस्टाचार र अनियमिततालाई सुन्य सहनशीलतापुर्वक न्युनतम रुपमा झार्न सफल भए।

    तर नेपालको सन्दर्भ भर्खर संक्रमणकालबाट गुज्रेको छ । यहाँ पेशेवर  राजनीतिज्ञहरु माथि अरु बेसी भरोसा गर्न नसकिने अवस्था देखिएको छ ।अहिलेपनि पुरानो संरचनाका भ्रष्टहरुकै हालीमुहाली छ ।  नेताहरु तिनैको घेराबंदिमा परेका छन् । हाम्रो पार्टीको कार्यक्रम अहिले दिग्भ्रमित भएको छ, नीतिगत स्पष्टता देखिएको छैन । कम्युनिस्टहरुको त नीतिगत सवालमा झन् बेहाल छ । यो अलमलबाट पार्टी मुक्त हुन जरुरि छ । बल्ल देशभर पार्टीको कार्यक्रम लिएर लागु गर्ने वातावरण बन्लाकी भनेर आश गर्न सकिएला । अहिलेको नेपालको राजनैतिक अवस्थालाई नढाटि भन्दा पार्टी नेता र सांसदहरु गूटबाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यबसाय भएको छ । यो दशा नेपाल मात्र होइन,  दक्षिण एसियाको हालत पनि यस्तै  छ । फरक के मात्रै हो भने नेपालीहरुको तुलनामा भारतीय जनता केही बेसी सावधान र बढी अनुभबी छन् । नेपालमा सबै नीतिगत योजनाहरुको रहस्य तुरुन्तै खुल्छ । तर भारतको ब्युरोक्र्याटको योजना सफलता पछि मात्र थाहा हुन्छ

    तपाइँ किन युरोप पलायन हुनुभयो ? 

    यसको प्रमुख कारण तपाई लगायत धेरै नेपालीलाई थाहा छ।  यो बिषयमा बढी नसोध्नुस।

    बेल्जियम आएपछि जनसम्पर्क समिति बनाउनु भएछ।  किन बनाउनु भयो ?

    आस्था हो नि मुख्य कुरा ! यहि थाल थापेर थालमा रोटि दिनेहरुलाई सराप्नेहरुको बिगबिगी थियो त्यो बेला। उनीहरुसंग हाम्रो बैचारिक मिलन सम्भब नै थिएन नि ! त्यो बेलाका माओबादी क्या , बुझ्नु भो नि ! अर्को कुरा,  संगठन बनाएर हामीले अपराध नै गरेका हैनौ नि ! हेर्नु न इतिहाँसमा, महात्मा गान्धीले दक्षिण अफ्रिकामा ब्रिटिस मालिकहरुले गरेको अत्याचार देखेर औपनिवेशिक दासताबाट भारतलाई मुक्त गर्ने सपना देखे।  कम्युनिष्ट नेता होचिमिन्हले फ्रान्सबाट राजनीति शुरु गरे। पछि भियतनाम गएर क्राती नै गरे ।  म त भन्छु,कुनै पनि देशमा बसेर त्यो देशको सार्बभौमिकतामा खलल पर्ने, त्यो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र कसैलाई अनाबस्यक रुपमा प्रयोग गर्नु अपराध हो । त्यसो गर्नु हुदैन । तर आस्थाका बिचार मिल्नेहरू संगठित हुनु, आफ्नो देशको प्रजातन्त्र , मानाबधिकार र समृद्धिको बारेमा बहस गर्नु गराउनु , परोपकारी कार्यमा सहयोग पुर्याउनु र कर्मभुमिका पार्टीबाट बिकसित बिचार वा पद्दतिको सिको गर्नु कुनै अपराध हैन । भनिन्छ, बिचारको कुनै देश हुँदैन ।  त्यहि सोचेर सन् २००० अगाडीबाट नै ध्रुब पौडेललाई संस्थापक नेता मानेर जन सम्पर्क समिति बनाउने गृहकार्य गर्यौ । त्यो बेला समिति बनाउन पुग्ने साथि समेत थिएनौ ।  भएका पनि लुकेर बस्यौ । पछि  गंगाजी, सीताजी, गोपालजी, इन्द्रजी, राम दाई, गोबिन्दजी, सुबास भाई लागायत एउटा छिरलिएको टिम संगठित भयो ।  प्रारम्भिक कालमा संस्थापक सल्लाहकार भूमिका सकेको निभाएँ । त्यो बेलामा केहि रेडिकल साथिहरुबाट म माथि गरिएका झोस पोल र असजिला कुकृत्य पनि गरीए । बिचारमा असहमत हुनु भनेको दुश्मन हुनु त हैन नि ! जो हुनु भैसक्यो, त्यसको के कुरा गर्नु।

    जनहित र न्यायको लागी लडुञ्जेल म डाक्टर केशीको अभियानलाई जायज भन्छु किनकि डाक्टरी पढाइ धन हुनेको मात्र नभएर क्वालिफाइड विद्यार्थीले पढ्न पाउनु पर्छ र संबेदनशील बिषयको पढाई राज्य नियन्त्रित हुने पर्छ। सम्मानित न्यायाधिश पराजुलीको पक्षमा जनता नहुनु भनेको उनमा केहि खोट भएरै होला !

     तपाईं नेतृत्वमा आउनु भएन, हराउनु भयो ? 

    बच्चाहरुलाई अंग्रेजी पढाई प्रतिको मेरो मोहले पछि बेलायत बसाइसराइ भयो । त्यहाको जनसम्पर्क समितिको सहमहामन्त्री भएर पनि एक कार्यकाल चलाएँ । त्यहापनि नीतिगत कुरामा भन्दा साथीहरु कसलाई कसरि सिध्याउने र आँफु अगाडी जाने भन्ने कुरामा असहिष्णु बहस हुन थाल्यो। सम्झिँदा निरास हुन मन लाग्छ कहिलेकाहीं।  बेल्जियममा पनि त्यस्तै देख्छु, सुन्छु।  बिरक्त लाग्छ ।  एक समयमा एउटा भेगकै आन्दोलन हाँकेका बिद्यार्थी नेताहरु छन् बेल्जियममा पनि।  गंगाजी, सीताजी, ध्रुब दाई, माधब भाई , बलिरामजी जस्ता नेता भएको ठाउमा संगठन युरोपको नमुना हुनु पर्ने हो । स्वस्थ बहसको लागी बेल्जियम युरोपको नमुना हुनु पर्ने हो, अराजकताको र अनुशासन बिहिनाताको अवस्था नहुनु पर्ने हो । अग्रजहरुलाई सम्मान सहित ब्यबस्थापन पनि गरिनु पर्ने हो। तर सबै साथिहरुसंग संगठनका गुनासाहरु मात्र छन्, सबै साथीहरु दुखि देखिन्छन, यो सब दुर्भाग्य हो ।  त्यहि कारण अहिले अलिक निस्क्रिय त हैन तर विक्षिप्त जस्तो छु ।

    गोबिन्द केशीले गरेको अनसनबारे डायस्पोरामा समर्थन र बिरोधको लहर चलेको छ। तपाइको के बिचार छ ? 

    न्यायालयले गरेको निर्णयमा आफु सहमत छैन भनेर बकाइदा भन्न पाइन्छ । ठीक त्यसरी नै न्यायालयको भ्रस्टाचारका बारेमा पनि बकाइदा बोल्न पाइन्छ लोकतन्त्रमा । होईन भने न्यायालय कसरी जनता प्रती उत्तरदायी हुन्छ ? अहिलेका न्यायाधिश पराजुली नेबि संघका पूर्व उपाध्यक्ष हुन् भन्दैमा उनैको सती जानु पर्छ भन्ने छैन ।  जनहित र न्यायको लागी लडुञ्जेल म डाक्टर केशीको अभियानलाई जायज भन्छु किनकि डाक्टरी पढाइ धन हुनेको मात्र नभएर क्वालिफाइड विद्यार्थीले पढ्न पाउनु पर्छ र संबेदनशील बिषयको पढाई राज्य नियन्त्रित हुने पर्छ। सम्मानित न्यायाधिश पराजुलीको पक्षमा जनता नहुनु भनेको उनमा केहि खोट भएरै होला !

    नेपालमा भएको चुनाबबारे तपाईको समिक्षा ?

    गत चुनाबले नेपाली कांग्रेशलाई आफ्ना कार्यनितिहरुको समिक्षा गर्दै पांच वर्ष प्रतिपक्षमा बस्न आदेश दिएको छ।  समिक्षा भन्नाले केहि दशकदेखि पार्टीले लिएको कार्यनीति, नेतृत्व र नेताहरुका व्याबहारिक त्रुटि, अनुशासन पद्दतिमा ह्रास, कार्यदिशातर्फको बिचलन, नाताबाद र चाकडी प्रवृति, असन्तुलित विदेश नीति, प्रतिशोध र अस्वस्थ अन्तर्घात आदि कुराबारे बहस हुनु पर्दछ।  नत्र कांग्रेशको भबिष्य मन्दिरमा गएर प्रार्थना गर्दैमा बच्ने देखिदैन । पार्टीका कार्यकर्ता तथा नेता देश र जनता प्रति इमान्दार हुने पर्छ नत्र अस्तित्व रक्षाको प्रश्न गम्भीर भएर आउँछ । बाम मोर्चा वा एमाले र माओबादीहरुको एकताबारे पनि मेरो भनाइ त्यहि हो ।

    उनीहरु आफ्नो संकटग्रष्ट भबिष्यको भुतबाट तर्सेर एक हुने भनेका छन् । बढीमा दुइ चार वर्ष अन्तरसंघर्ष गर्दै एक ठाँउमा बस्न सके ठुलो उपलब्धि मान्नु पर्ला।  त्यहा पनि बिचार र निष्ठा समाप्त भएकाहरु धेरै छन् । उनीहरुको स्वार्थ टकराउन थाल्ने बित्तिकै आकाशमा मेघ गर्जिन थाल्ने छ । त्यो गर्जाई एकता भैहाल्यो भने त्यसको एक साताबाट नै शुरु हुने छ । पुन फुट्न सत्ता समीकरणको एक कार्यकाल पनि लाग्ने छैन । हेर्दै जानुहोला यो मेरो भबिष्य बाणी नै हो।

    राजनिती गर्न नेपालतिर स्थाई रुपमा फर्कने सोच हो ?

    त्यो कुरा परिस्थितिले निर्धारण गर्ने कुरा हो।  मन फर्किने छ, भावना पनि उतै उड्छ र सपना पनि उतैको देख्ने गर्छु।  हेरौ पछिको कुरा के हुन्छ । मानिसको भबिष्य बगैचाका फुल र बुट्यानहरु मिलाएर काटेजस्तो हुँदैन ।

    जनवरी ७, २०१८

    ३८६९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad