BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    प्रधानमन्त्री देउवाको बेवास्ताले दशवर्षे कर्णाली योजना अलपत्र

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधामन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यन्वयनमा आउन सकेको छैन ।
    आयोगले ६ महिना अघि नै विकास योजना तयार गरेपनि परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्य सचिव लोकदर्शन रेग्मिमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसाग समय मागीरहेका छन ।
    परिषद्ले विकास योजना पारित नगरेसम्म कार्यान्वयनमा आउँदैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग पनि आयोगका पदाधिकारीले भेटघाट गरी विकास योजना पारित गर्न परिषद्को बैठक डाक्न आग्रह गरेका थिए ।
    परिषद्ले बैठक नभएकाले दशवर्षे विकास योजना कार्यान्वयनमा हुन नसकेको निमित्त कार्यकारी निर्देशक पार्वती आर्यालले जानकारी दिइन । आजको नयाँ पत्रिका दैनिकबाट

    ५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad