BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    जाडो थेग्न परालकै भर

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, इटहरी । सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन । ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५÷१६ वर्षमा बिहे गरेको ।’
    उनी अहिले सायद २५÷२६ वर्षकी भइन । तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन । छोरी पाउने भनेर छोरै छोरा भए, कान्छो सन्तानका रुपमा छोरी पाएकी उनले भनिन्,‘छोराले भन्दा बढी माया गर्न भनेर छोरी पर्खेको अब नपाउने ।’
    उनका सन्तान नजिकैको मनमोहन प्राविमा पद्छन । बिदाका दिन भएकाले शनिबार उनीहरु गाउँमै खेलिरहेका थिए । उनका श्रीमान रिक्सा चलाउन बिहानै घरबाट निस्केका थिए । उन ीभने छिमेकीसँग घर अगाडीको कच्चीबाटोमा घुर तापिरहेकी थिइन । उनको घर अगाडी बाटोभरी बालिएको परालको धुवाँ उडिरहेको थियो । थारु र ऋषिदेव समुदायको बसोबास रहको उक्त बस्तीको दिनचर्य अहिले बिहान र बेलुका घुर ताप्नु बनेको छ । ‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर दाउरा बालनु नै सस्तो पर्छ’ उनले भनिन् । आजको अन्नपूर्ण दैनिकबाट

    ७१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad