BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    अस्पतालै नपुगी मर्छन्

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, जाजरकोट । जाजरकोट दुर्गम जुनीचाँदे गाउँपालिकाका बडेकुलेंं, मौगान, डाँडाकोट, आली, बेसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवतोल, स्यालालगायत गाउँमा भाइरल प्रकोपले स्थानीयलाई तीनसाता देखि सताइरहेको छ ।
    स्थानीय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हालसम्म १३ जनाको ज्यान गइसकेको छ । भने एक हजार सात सय ५५ जनाको उपचार भैरहेको छ । यद्यपि जिल्ला स्वास्त्यले भाइरलले नभई दिर्घरोग र चिसोले ज्यान गएको दावी गरेको छ । भाइरलकै लक्षण देखिएपनि तीन जनाको ज्यान गएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीको भनाई छ ।
    मृत्यु हुनेमा पाँच वार्ष मुनीका सात जना र ५० वर्षमाथिका ६ जना छन । उनीहरु आर्थिक रुपमा निकै विपन्न परिवारका छन । मृत्यु भएका मध्ये तीनजना मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थिए । स्वास्थ्यकर्मी दिएको औषधिले काम नगर्दा उनीहरुको ज्यान गएको पीडित परिवारले जनाएका छन । भने स्वास्थ्यकर्मीले आफुहरुको सल्लाहअनुसार नियमित औषधि नखाएको र फलोअपमा नआउँदा ज्यान गएको जिकिर गरेका छन । आजको अन्नपूर्ण दैनिकबाट

    ६६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad