BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    प्रदेशमा उपभोक्ता अदालत गठनको तयारी

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौं । सरकारले कालोबजारी र मूल्यवृद्धि गरी उपभोक्ता ठगी गर्नेलाई कारबाही गर्न सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने भएको छ ।
    उपभोक्ता हितविपरितका क्रियाकलाप विरुद्ध तत्काल उजुरी गर्न र ठगी गर्नेलाई तत्काल कारबाही गर्न सजिलो होस् भन्ने उद्देश्यका लागि मुलुकका सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गरिने भएको हो ।
    हरेक जिल्लामा यस्तो अदालत गठन गर्ने लक्ष्यसहित उपभोक्ता संरक्षण ऐनको मस्यौदा बने पनि सरकारले भने तत्काललाई प्रदेशस्तरमा यस्तो अदालत गठनको प्रक्रिया अघि बढाएको हो ।
    उपभोक्ता अदालत गठनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । आपूर्ति सचिव अनिलकुमार ठाकुरले मुलुक संघीयतामा गएसँगै उपभोक्ता अदालत पनि सातवटै प्रदेशमा गठन गरिने बताए । आजको राजधानी दैनिकबाट

    ७२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad