BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    आफ्नै परिवेश

    गोर्खे साइँलोभाद्र २९, २०७३

    12472768_1696349600634452_4107175413631765297_n

    बर्स्यो बर्षा झमझम खुदै नैन यो बन्द भै गो
    धारा लाग्यो बररर हुँदै चैन यो मन्द भै गो ।
    राता राता नयन हुन गो ब्यर्थमा हार भै गो
    कस्तोबेला कुन बखतमा जन्मिएँ भार भै गो ।।
    .
    यौटा छोरो जनम हुन गो धेर खुसी मनाए
    बाबा-आमा पर-पर गरेँ आज आफैँ गनाएँ ।
    मेरी आमा धर- धर रुँदा श्रीमती मँै रमाएँ
    भोगेँ केही वदन उनको आफ्नु सारा गुमाएँ ।।
    .
    थोरै गल्ती मकन भइगो नासियो जिन्दगानी
    यस्तै गर्दा विचलित भएँ छैन खाना र पानी ।
    बर्षा बाढी घर सब चिसो छैन चुल्हो बलेको
    चुल्हो भन्दा मन-मुटु अझै भित्र भित्रै जलेको ।।
    .
    लोभी पापी विरस मनको सुन्दरी साथमा छे
    के भो-के भो तरल मनमा होस आफैँ हराए ।
    पैसा गाँठी रति-भर विना छैन केही सहारा
    भोग्नै पर्ने गरिव जनले रोगको चाप सारा ।।
    .
    धेरै चिन्ता किन गरिरहेँ – गर्छु सारा भलाई
    आफ्नैँ राम्रो मन – वचनले गर्छ राम्रो मलाई ।
    आफ्नो खेती रन-वन सबै गर्छु आफैँ खनेर
    जिम्मेवारी वहन नगरे बाँच्नु ब्यर्थ्र्यै बुझेर ।।

    ५४० पटक
    प्रतिकृया दिनुहोस्