BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    ‘अफ्रिकी देशमा बैद्यानिक रुपमा जाने व्यवस्था गरिदिनु पर्यो सरकारले’

    संसार न्यूज संवाददातामाघ २, २०७४

    रेसुङ्गा नगरपालिका वडा नं ११ भाल्छीका पदम राना मगर ५ वर्षदेखि अफ्रिकी देश घानामा कार्यरत छन् । भारतको दिल्लीमा झण्डै १२ वर्ष काम गरेका उनी घानामा हेड कुक रहेर काम गरेका छन् । त्यसमा पनि उनको मुख्य काम जापनीज खाना सुसी बनाउँने हो । भारतको दिल्लीमा रहँदा ताज होटल, मेट्रोपोलिटियन होटल, क्राउन प्लाजा लगायतका होटलमा कुककै काम गरेर राम्रो सिप हासिल गरेका पदम राना अफ्रिकी देश घानामा रहेपनि युरोप अमेरिका भन्दा बढी कमाइ गर्छन् । उनले मासिक सरदर ३ हजार डलर (झण्डै तीन लाख रुपैयाँ) कमाइ गर्छन् ।
    ‘राम्रो छ नी नर्मल पनि १५ सय डलरबाट सुरु हुन्छ । फेरि त्यहाँ सीप भएकाले मात्र काम पाउने हुन् ।’ ऐक्यबद्धताको भलाकुसारीमा उनी भन्छन्, ‘तर सरकारले बैद्यानिक रुपमा जान दिदैँन् त्यहाँ, गएकाहरुको कमाई युरोप अमेरिका भन्दा कम छैन् ।’
    राना नेपालकै एयरपोर्ट प्रयोग गरेर भिजिट भिसामा घाना पुगेका थिए । घानामा रहेका इण्डियन साथीले भिसा टिकट सबै पठाइदिएकोले उनले आफ्नो पैसा खर्च गर्न परेन । आफूले जानेको काम नै त्यहाँपुगेर गर्न पाउँदा उनी खुसी छन् । प्रायजसो लेवनानी, इण्डियन, इटालियन, चाइनीजहरुको रेष्टुरेण्ट तथा अन्य व्यववसाय छ घानामा  । राना लेवनानी नागरिकले सञ्चालन गरेको ‘सान्तुक’ रेष्टुरेण्टमा हेडकुक छन् ।
    उनीसँगै हेटौडा, दाङ र सल्यानका तीन जना नेपाली त्यहाँ कार्यरत छन् । उनीहरु पनि कुककै काम गर्छन् भने अन्य ४ जना ब्राजिलका कामदार छन् ।
    तर, अफ्रिकन देशमा नेपाल सरकारले बैद्यानिक रुपमा जाने अनुमति भने दिएको छैन । पहिले १ महिनाका लागि भिजिट भिषा मिल्थ्यो । त्यहि पनि सम्बन्धीत देशको अध्यागमनमा गएर भिषाको छापा लाग्थ्यो । अहिले सरकारले भिजिट भिसामा जान रोक लगाएकोले धेरै नेपालीहरु भारतको बाटो भएर घाना लगायतका अन्य अफ्रिकी मुलुकहरुमा पुगेका छन् । उनीहरु इण्डियाको बाटो हुँदै जाँदा जोखिम मोल्नुपर्ने, सरकारी डाटामा अभिलेखबद्ध हुन नपाउनु र पैसा पनि धेरै खर्च गर्नु परेको बताउँछन् राना । ‘हाम्रो एकजना साथी भर्खरै घाना पुगेको छ । उसले झण्डै ७–८ लाख खर्च गरेर त्यहाँ पुगेको छ । उनी भन्छन्, ‘भिषा, टिकट सबै फ्रि हुँदा पनि यतिधेरै पैसा खर्च हुन्छ ।’
    रानाले सीप युक्त नेपाली मात्रै त्यहाँ जान पाउने हुनाले यस्तो अवस्थामा विचार गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । राम्रो कामका लागि त्यहाँ जाने र यो काम र यति तलब भनेर भिसा आउँदा नेपालीहरु बिना रोकतोक जान पाउनुपर्ने उनको माग छ । तर, पछिल्लो समय मानव तस्करले विभिन्न तरिकाले नेपाली दाजुभाइ र दिदीबहिनीलाई नक्कली भिसामा अफ्रिका पु¥याएको कुराले भने चिन्तित छन् उनी ।

    सरकारले अफ्रिका हेर्ने इजिप्टस्थित नेपाली दूतावाससँग समन्वय गरेर पनि त्यो कम्पनी र त्यसले दिएको भिसा बैद्यानिक हो की होइन भनेर बुझ्न सक्छ । अर्को कुरा अफ्रिकाका झण्डै १७ देशमा गैरआवासीय नेपाली संघ गठन भइसकेको छ । एनआरएनएसँग पनि सरकारले यस्ता कुरामा समन्वय गर्न सक्छ । कुनै पनि सिपयुक्त नेपाली अफ्रिकी देशमा आउन चाहेमा वा त्यसको भिसा दिने कम्पनी र भिसा कपि सक्कली होकी होइन् भनेर प्रमाणित गराउनका लागि हामी पनि सहयोग गर्न सक्छौं । त्यसले सरकारलाई पनि सहज र कामगर्न आउने नेपालीले पनि राम्रो मौका गुमाउनु पर्दैन् । त्यसमा सरकारले विचार गर्नैपर्ने देखिन्छ, राना भन्छन् ।

    घानामा नेपालीहरुको मुख्य रोजगार गन्तव्य भनेको सुपरमार्केट, होटल लाइन लगायतका क्षेत्र रहेका छन् । झण्डै ५५ को हाराहारीमा नेपाली रहेका छन् घानामा । उनीहरु सबैले राम्रो काम गरेको र अहिलेसम्मपनि कुनै समस्यामा परेको समाचार नआएको बताउँछन् राना । नेपालीहरुको पनि व्यवसाय छ की घानामा भन्ने प्रश्नमा उनी भन्छन् ‘त्यस्तो त छैन तर, हाम्रो संस्थाको महिला संयोजक सन्जना बुढा मगर र उहाँका श्रीमान हुम बहादुर थापा मगरले उड (काठ) को विजनेश सुरु गर्नु भएको छ ।’
    हाल एनआरएनए घानामा ३५ जना नेपाली आवद्ध भएका छन् । नेपालीमा एकाआपसमा भातृत्वको विकास गर्दै अघि बढेको एनआरएनए घानाले आगामी दिनमा सबै नेपालीलाई संघमा समेट्ने उद्धेश्य रहेको राना बताउँछन् । साथै राना सहित अन्य केही नेपाली मिलेर नेपालमा व्यवसाय गर्ने सोच समेत बनाएको राना बताउँछन् ।
    गैरआवासीय नेपाली संघको आठौ महाधिबेशनमा भाग लिन आइपुगेका रानालाई पहिलो गासमै ढुंगा लागेजस्तो भयो । एनआरएनएको चुनावी माहोल त्यहाँको अस्त व्यवस्त वातावरणका कारण उनलाई नरमाइलो पनि लाग्यो । ‘संसारभरी फैलिएको सबै नेपालीहरुको साझा संस्था एनआरएनएमा नेपालको राजनीति जस्तो अनि पदका लागि लडाइ, झगडा र सानो सोँच भएको जस्तो लाग्यो,’ राना भन्छन् ‘यति ठूलो संजाल भएको हाम्रो संस्थाले अरुका अगाडि उदाहरणीय बन्नु पर्ने थियो तर, विडम्वना अरुले यसबाट कस्तो शिक्षा लेलान् भन्ने पीडा भयो ।’
    नवनिर्वाचित अध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीहरुसँग रानाले ठूलो आस गरेका छन् । ४० लाख भन्दा बढी नेपाली रोजगारीका लागि विदेश पुगेको अवस्था र गाउँका डाडाँ पाखा, पाखोबारी खेत बाजो रहेको अवस्थालाई मनन गरेर उद्योग धन्दाहरु खेलेर देशमै रोजगारी श्रृजना गरेर थोरै प्रतिशतमा भएपनि पनि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्काउने अभियानमा मुख्य भूमिका खेल्ने छ एनआरएनएले ।

    १८०६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad