BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    शीतलहर प्रभावित क्षेत्रमा न्यानो बाढ्दै क्रान्तिकारी

    संसार न्यूज संवाददातामाघ ३, २०७४

    ३ माघ, काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

    न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोहजारा टोलका १५० परिवारलाई राहतस्वरुप न्यानो कपडा वितरण गरिएको हो । प्रत्येक परिवारलाई एकवटा ब्ल्याङ्केट र ज्याकेट वितरण गरिएको हो ।

    क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले शीतलहरबाट बच्नका लागि न्यानो कपडा बाँडिएको बताउनुभयो ।

    ८४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad