BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    प्रदेश सभाका समानुपातिक सांसदले बल्ल पाए प्रमाणपत्र

    संसार न्यूज संवाददातामाघ ५, २०७४

    ५ माघ, काठमाडौँ, । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

    आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदन गरेका हुन् ।

    प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित हुनुभएको हो ।

    उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।

    त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।

    पाँच सय ५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू छिन भने सबैभन्दा बढी उम्मेरका नेपाली काँग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित भएका छन् ।

    समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो ।

    १८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad