BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गजल

    सुरेन्द्र राई, ओटावा ओन्टारियो, क्यानाडामाघ ८, २०७४

    अँध्यारोलाई चिरेर एउटा दीप बल्यो आज
    त्यही दीपको प्रभामा दुःखी कलम चल्यो आज

    मनको यो मन्दिरभित्र ज्योति आई बास गर्दा
    चम्किला तारासँगै दीप लहर जल्यो आज

    बल्लतल्ल जूनको झुल्क पृथ्वीमा झरेपछि
    लाग्छ यहाँ जिन्दगीको कालो रात ढल्यो आज

    धोकेवाज दुनियाँसँग जिउने बानी पर्दै थियो
    सत्यताले बेइमानीको नजर छल्यो आज
    इति

    ९७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad