BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउन् कांग्रेस शीर्ष नेताको बैठक बस्दै

    संसार न्यूज संवाददातामाघ ९, २०७४

     

    ९ माघ, काठमाडौँ । राष्ट्रिय सभा चुनावमा लड्ने उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताको बैठक केहि बेरमा बस्दै छ ।
    वैठक प्रधानमन्त्री निवास वालुवाटारमा वस्ने बताईएको छ ।
    वैठकमा कांग्रेसले मधेशी मोर्चासँग तालमेल गर्ने वा नगर्ने विषयमा समेत टुंगो लगाउने एक नेताले जानकारी दिए ।

    प्रदेश २ मा तालमेलका लागि मधेसी मोर्चाले काँग्रेससँग पाँच सिट माग गरेका गरेको छ । मधेसी दलसँगको तालमेल तथा बाँकी उम्मेदवारहरु चयन गर्नका लागि शिर्ष नेताहरुको वैठक वस्न लागेको हो ।
    काँग्रेसले सात नम्वर प्रदेशका उम्मेदवार सोमबार टुङ्ग्याएको छ । प्रदेश सातबाट बद्रि पाण्डे, शेखीराम पार्खी ,तारादेवी भट्ट र छत्रराज जोशीलाई छनौट गरेको छ । पाण्डे खुलाबाट, पार्खी दलितबाट,भट्ट महिलाबाट र जोशीलाई अपाङबाट छनौट गरिएको हो ।

    ९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad