BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    परोपकारको अभियान मर्न दिनु हुदैन -भूबन सुबेदी

    डिल्लीराम अम्माई,बेल्जियम माघ ९, २०७४

     

     

     

    भूबन सुबेदी

    अध्यक्ष, चितवन क्याट (वृत)

    जनवरी २१ नेपालीपनको मन्द मुस्कान, सामाजिक र परोपकारी भावनाले सजिएका आँखा, अनुहारमा अलिकति कौतुहलता र छट्पटि ।
    ब्याबस्थापकिय जिम्मेवारीले थिचिएर होला अलिक बढी नै छट्पटाहट देखिन्थ्यो उनको बोलि र हाउभाउमा । उनी परोपकारी उद्यश्यको साथ बेल्जियममा प्रदर्शनी हुन गैरहेको चलचित्र “ए मेरो हजुर” को प्रदर्शनीको लागी हलमा टिकट बेच्दै थिए र चितवन क्याटका उपाध्यक्ष श्री राम प्रसाई तथा अन्य सहकर्मीलाई केहि निर्देशन दिदै थिए। आफै पनि ब्याबस्थापन तर्फ सक्रिय थिए। उनको हाउभाउ सँगसँगै मुहारले पनि पंतिकारसंग बोल्नु भन्दा ब्याबस्थापन तर्फको ध्यान बढ्तै रहेको झल्को दिन्थ्यो । उनी अर्थात् चितवन क्याटका अध्यक्ष भूबन सुबेदी । साथीहरुको मायाले बोलाउने नाम रामचन्द्र भाई, उनी अर्थात् चितवन क्याट् मार्फत सन् २००५ देखि डायस्पोरामा परोपकारी अभियान चलाएर सम्पूर्ण चितवनबासीका हृदयमा बसाई सरेका एक सामाजिक अगुवा ।

    लामो बाउला भएको सेतो धर्के सर्ट माथि कालो ज्याकेट, हल्का छोटो कालो कपाल, चुपुक्क मिलेका दाताका लहर । देख्ने बित्तिकै हात मिलाई हाल्ने र मुसुक्क मुस्कुराउने, कसैलाई मुखले नबिझाउने यी युबक सामाजिक क्षत्रमा कसैले बिश्वास नै गर्न नसक्ने किसिमले हौसिन्छन । ब्याक्तिबादी जिबनसैलीले ग्रस्त प्रवासमा यति दरिलो सामाजिक भावना र परोपकारी मनहरु भेट्टाउन मुस्किल नै पर्छ। त्यसमा पनि आफ़्नो परिवार र ब्याबशायिक व्यस्तताको बीच समय निकालेर परोपकारी अभियानमा लाग्नु चुनौती पूर्ण हुदाहुदै पनि उनले सबैतीर भ्याएका छन्।

    यो पंक्तिकारले झोलाबाट कागज निकालेर उनको हाउभाउ र अन्तर्मनको उकुस्मुकुसलाई मनै मन महसुस गर्दै केहि जिज्ञासाहरु थुपार्दै थियो। उनी दर्शकका गतिबिधी, प्रस्तुती र प्रतिकृयासँग गिजोलीइरहेका थिए । अभिवादन भुइँमा खस्न नपाउँदै पंक्तिकारले आँफै प्रश्नहरु बनाउदै उनको हाउभाउबाट केहि उत्तर लिँदै गयो।

    ‘सानै उमेरदेखि परोपकारी भावना जाग्थ्यो ,समाज सेवामा छुट्टै आनन्द छ जस्तो लाग्दथ्यो, नेतृत्व तहमा मौका मिलेको थिएन समाज सेवाकोलागि । तर बेल्जियम आएपछी २००५ बाट क्याटकि संस्थापक सिता दिदीको अद्भुत खटाई र यो अभियानलाई सुन्यको बिन्दुबाट माथि उठाउने सबै बेल्जियमका चितवनबासि अग्रजहरुको प्रेरणाले म पनि क्याट मार्फत यो अभियानमा जोडिन पुगें ।’ उनले मेरो प्रेरणा सम्बन्धि पहिलो जिज्ञासाबारे भन्दै गए, ‘अझै थाकेको छैन,’ अहिले त झन् संस्थाले अध्यक्षको जिम्मेवारी दिएको छ। गर्नु धेरै छ , देखि हाल्नु भो नि ! यो अभियानमा कति धेरै साथीहरु लागिपरेका छौं। ‘ उनले चितवन क्याटका संकर बजगाईं, चिजकुमार श्रेष्ठद्वय लगाएतका साथीहरु तर्फ देखाउदै भने, ‘यो अभियान हो, यसमा चितवन क्याट र गैह्रआबासिय नेपाली संघको समन्वयात्मक भूमिका समेत देखिन्छ कतिपय अवस्थामा। चितवन सहायता कोष बेल्जियम तपाई हामी बिचको चिरपरीचित सस्था भैसकेको छ। यो सस्थाले स्थापनाकाल देखी हाल सम्म दिनदुखीहरूको सेबामा सम्लग्न भएर उनीहरुको पिडामा मलम लगाऊने काम गरिरहेको छ। त्यस्तै यसले महाबिनाशकारी भूकम्पमा, अन्य दैबी प्रकोपमा, स्वास्थ्य शिवीरहरू सन्चालनमा उल्यख्य योगदान गरेको छ भने अति बिकट ठाऊ चितवनको स्यामराड़्मा ७ मा एक कोठा बिध्यालय भबन निर्माण, चितवनमा रेडक्रश भबन निर्माण, सडक बालबालिकाको लागी सहयोग र भरतपुर अस्पतालमा ऊपचार्थ थालिसीमीयाका बिरामीहरूलाई सहयोग गरिसकेको छ । ‘ उनले हाँस्दै थपे ,’ यस सस्थाले पचास लाखको अक्ष्यकोष खडा गरीसकेको छ जसबाट धेरै चितावानबासिको साथै छिमेको जिल्लाका अत्यन्त मानबिय काममा समेत सघाउने नीति लिएका छौ।’ शुष्कतामा परोपकारी हातहरुले छोएर , मानवताको झरनाले पखालेर, डायस्पोरालाई उच्च सामाजिक समबेदनाले सुसज्जित गराउँदै समर्पणको सपना देख्ने बनाउनु असजिलो तर हाम्रो पुस्ताले कर्तब्य सम्झेर गर्नुपर्ने पहिलो कर्म हो। परिवर्तनको भाषण गर्दै हिँडेर भोका, नांगाकै गीत गाएर मात्र मुलुकको रिण तिरिंदैन । त्यसैले परोपकारको दियो निभ्न दिनु हुदैन, तेल थपिरहनु पर्छ । ’ उनले यसो भनिरहदा चलचित्र हेर्न आउने नेपालीहरु समेत केहीबेर भाबुक बनेका थिए।

    निर्देशक धर्म थापाको प्रतक्ष उपस्थितिमा देखाई रहेको ‘ए मेरो हजुरू चलचित्रबारे उनले मुसुक्क हाँस्दै स्पष्ट पारे, ” आम्दानीको केहि भाग निर्मातालाई दिएपनि बचेको आम्दानी क्याटको परोपकारी कोषमा रहन्छ । यो कुनै ब्यक्तिगत प्रयोजनको लागि हैन।’

    आगामी कार्ययोजनाबारे प्रश्न गर्दा उनले ‘सोच र मनमा कुनै तालमेल नभए पनि हामीले पुरानाको निरन्तरता, थप कार्यक्रमको लागि छलफल र आकस्मिक कार्यक्रमको लागि तयारि अवस्थामा रहन्छौ । कोष वृद्धिको लागी कार्यक्रम गरिरहेका छौँ। संस्था नियमित प्रक्रियामा चलिरहेको छ। समय चक्र अनुशार अभियानमा हामी ब्यक्ति बदलिन्छौँ तर अभियान नदी झैं अगाडी बढिरहन्छ। सफा मनले लाग्ने हो भने परोपकारी अभियानकर्मीलाई आनन्द मात्र हुदोरेहेछ ।’ उनको उत्तर सुन्दा लाग्थ्यो उनको सोच र मनमा तालमेल छ । मन भित्र मानबताको सञ्जिवनी, मस्तिस्कमा बोधिसत्व बनेर उनको जिबनलाई निर्देशित गरीरहेको छ । उनको जाँगरले चितवनका निमुखाको लागि प्रत्येक अवसरमा सुकी मोहर पनि बटुलेकै छ। परोपकारी कर्मगत शैली जान्दै नजानेका र सुन्दै नसुनेका प्रवाशी बालबालिकालाई बोधीसत्वको अनुभुती गराउने प्रेरणा पनि दिएकै छ ।

    बेल्जियममा धेरै मानिस बिभिन्न संघ संस्थाका नेता बने । कोही जातीय समाज, सामाजिक सङ्संस्थाका सदस्य बने, कोही अनेक रङका राजनैतिक् गोठका मालिक । सरकारको विभिन्न ओहदाका सेवारत ब्यक्तित्व आउँदा घेरा हालेर मज्जाले घुमाउने प्रथा मौलाउदो छ , तर यती महान कार्यको बारेमा कहीकतै कोहिबाट उचित चर्चा र सम्मान भए जस्तो लाग्दैन । नेपाली राजदुतावासले पनि यस्ता संस्थालाई उत्प्रेरणा दिदै जानु पर्ने हो, मानबिय गुणको बिकास र नयाँ परोपकारी योजनाको लागि एकबध्दता जनाउनु पर्ने हो जस्तो लाग्छ । हामी सबैलाई थाहा छ, मोनाको अभियान, चितवन क्याटको अभियान र सोफियाको नेपाली भाषिक अभियान केवल सेलिब्रेटी मात्र होइन, यो चेतना र भावनाको बिस्तार पनि हो । यस्ता परोपकारी अभियानमा सबैले सहयोग गर्नु आजको आवस्यकता हो। चितवन क्याट लगायत सम्पूर्ण परोपकारी अभियान र अभियन्ताहरुलाई सलाम !

    ४४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad