BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    हिँडे मान बहादुर

    चन्दा थापा (चन्द्रिका)माघ १२, २०७४

    ‘तिमीलाई लाज लाग्दैन् अझ बस्दिन भन्न’ छोराको यस्तो कुराले मान बहादुर रोए । उनलाई कहाँ जाउँ र के गरु भयो । उठेर हिँडे घरबाट । झोला कसेँ, कहिल्यै फर्किदैन् तेरो घरमा भनेर छोरालाई । तर, बुहारीले झोला खोसी, नाति स्कुल गएन् । नातिनीले खाना पनि खाइन । बुहारीले खुट्टै ढोगेर भनि ‘बुबा नजानुस् के, हेर्नुस् त मैले पनि कति कुटाइ खाए, उसको हातबाट, लात्तैलात्तले हानेको तपाइले पनि त देख्नु भयो नी ।’ मान बहादुरले राती छोराले बुहारी पिटेको देखेका थिए । ‘बुहारीलाई नपिट्’ भनेर छेक्न गएका उनलाई पनि छोराले धकेलेर भित्तामा ठोक्नि पुगेका थिए मान बहादुर ।

    अघिल्लो दिन राति सुत्ने तरखरमा थिए मान बहादुर । प्रेसरको विरामी, सुगरको बिरामी, के के हो केकेले जीवनको ६ दशक पुग्न लागेका मान बहादुरलाई धेरै विमारले छोएको थियो । तर, उनी आफै धेरै जडिबुटीका ज्ञाता रहेकाले सानो तिनो औषधि आफैँ बनाएर खान्थे । अनि ती बिमारहरु निको बनाउथेँ । केही थिए जो जीवनभर निको नहुने रोगहरु । जन्मपछि मृत्यु निश्चित छ भनेर बुझेका मान बहादुरले जीवन आखिर एकदिन मरेर जाने त हो नी भन्दै चित्त बुझाउँथे ।

    साथीभाइसँगै बसेर रमाइलो गर्थे । छोरा बुहारीसँग बालाजुमा एउटा फ्लाट लिएर बसेका थिए मान बहादुर । छोरा बुहारीलाई नै आफ्नो संसार मानेर बसेका मान बहादुरलाई रक्सि खाएर आएका छोराले मुखभरीको जवाफ लगायो । रक्सि लागेको बेला होस गुमाएजस्तो गरेको उसले भन्यो, ‘तिमी मेरो बोझ हौं, तिमीलाई पालेर बस्नु परेको छ । त्यो जग्गा बेचेर मलाई पैसा देउ ।’

    हुन त पश्चिमा समाजमा छोराछोरी जन्माएपछि १६ वर्षपछि उनीहरु बाबुआमा देखि एक्लिएर बस्छन् । आफ्नो काममा लाग्छन् । आफ्नो खुट्टामा उभिन्छन् । बाबु आमाको बोझ बन्न चाहान्नन् । उनीहरु आफ्नै सुरु गर्छन । आफ्नो भविष्य आफैं कोर्छन् । तर, हाम्रो नेपाली समाज छोराले अकुत धन सम्पत्ति कमाएपनि ‘बाबुको सम्पत्तिमा मेरो पनि हक छ’ भनेर दावी गरिरहेका हुन्छन् । कति ठाउँमा सम्पत्तिका लागि बाबु आमाको हत्या गरेको पनि धेरै घटनाहरु छन् । मान बहादुरले पनि सम्पत्ति बेचेर वा बैंकमा राखेर छोरालाई पैसा दिन्छु भनेकै थिए ।

    साथीभाइसँग कुरा गर्दा पनि ‘छोरालाई ४–५ लाख केही गरोस् भनेर दिनु छ । तर, तराइको जग्गा बिकेको छैन् ।’ भनेर सुनाइरहन्थे । मान बहादुरले कहिल्यै भनेनन्, मलाई छोराले हेला ग¥यो । खाना दिएन, बुहारीले तातो पानी दिइन, खाना पकाइन, वा लुगा धोइ दिइन । जीवनका ६ दशक बिताइसकेका मान बहादुर आफैँ कपडा धुन्थे, आफ्नो विस्तरा आफैँ मिलाउँथे । नातिलाई स्कुलबाट ल्याउने र बुहारी नभएको बेलामा नाति नातिनाको सम्पूर्ण हेरचाह गरेर बस्थे उनी । कतै साथिभाइसँग बस्दा पनि ‘नातिले छिटो घर बोलाएको छ ‘ भनेर घर फर्कन हतार गर्थे ।  कतिपय अवस्थामा  मान बहादुर खाना पनि आफैं बनाउँथे । उनी बुहारीलाई छोरीसरहको व्यवहार गर्दथे । तर, जति बुढेस लाग्यो त्यति नै मान बहादुरलाई जीवन खल्लो लागेको थियो । तर, पनि भौतिकवादी भएका कारण यस्ता कुरामा ख्याल गर्थेनन् । ‘एकदिन मर्नैपर्छ’ भन्ने सत्य मनन गरेका मान बहादुरले कहिल्यै पनि कुनै कुरामा लोभ गरेनन् अनि मैले पाउनुपर्छ भनेर पनि भनेनन् ।

    मान बहादुरले देशमा परिवर्तनका लागि राजनीति पनि गरेका थिए । राजनीतिमा कहिल्यै पनि उनी पदलोलुपतामा लागेनन् । लागे त केवल यो देशको मुक्तिको लागि । जनताको गास बास कपासका लागि भनेर राज्य सत्तासँग कति लडे–लडे । तर, उनले सोचेजस्तो सुनौलो नेपाल बन्न सकेन् । उनले देखेको सपनाजस्तो नत जनताका छोराछोरीले शिक्षा लिन पाए, न पेटभरी खान पाए, न त अंगमा एकसरो राम्रो लुगा नै पाए उनीहरुले । जसले सत्ता पायो त्यसले आफ्ना र आफ्ना सन्ततीको लागि सोच्यो । आफ्ना आफन्तका लागि सोच्यो, मान बहादुर जस्ता धेरै निष्ठावान कार्यकर्ताले भने सडकमै बास बस्नु पर्ने अवस्था आयो ।

    उमेरमा उनलाई देश र जनताको मुक्ति भन्दा अन्य केही सोँच आएन । उनी सधै देश र जनताको मुक्तिका लागि लडिरहेँ । तर, उनको यो अवस्थामा तातो पानी खाने व्यवस्था समेत यो राज्यले गर्न सकेन् । नत उनको पार्टीले नै गर्न सक्यो ।

    मान बहादुर खाना खाएर सुत्ने तरखरमा थिए । ढोका ढक ढकको आवाज आयो । बुहारीले ढोका खोलिन् । ढोका खोल्नासाथ रक्सी खाएर आएको छोराले भित्र पनि नपसी श्रीमतीलाइ तथानाम गाली ग¥यो । ‘त राँडी अझै के गरेर बसेकी छेस्, खाना खाएर सुत भनेको होइन्,’ उसका यस्ता कुराले मान बहादुरको मन पोल्यो । रातदिन उसकै पर्खाइमा बस्ने श्रीमतीलाई किन यसरी राँडी भनेर गाली ग¥यो भन्ने सोँचे । भित्रबाट यो सबै सुनिरहेका मान बहादुर विस्तरामा पल्टिनै मात्र लागेका के थिए, छोराले बुहारीलाई धमाधम पिटेको आवाज सुने । जुरुक्क उठेर उनी भान्सातिर आए । कुनामा बसेर सानो नाति टुलुटुलु हेरिरहेको थियो । मान बहादुरले उसका आँखामा हेरे, बाबुले आमा पिटेको देखेर उ आँखाभरी आँसु बनाएर कुनामा बसेको थियो । सानो नातिनी पलंङमा बसेर ‘ममी’ भनेर रोइरहेकी थिई । मान बहादुर छेक्न भनेर गए । तर, उनलाई छोराले धकेलिदियो टाउको मुसार्दै उनी ‘किन पिट्छस् ?’ भन्दै छोरालाई गालि गरे । छोरालो ‘तिमिलाई के मतलब ! उता जाउँ ।’ भनेर गालि ग¥यो । मान बहादुर मनमनै ‘छोरा बदमास भएछ ।’ भन्दै कोठामा फर्किए ।

    त्यो रात मानबहादुर रातभर निदाएनन् । पटक–पटक आँखाभरी आँसु भरिए । तर, उनी चिच्याएर रुन सकेनन् । छिमेकीलाई छोराले पिट्यो भनेर सुनाउन सकेनन् । सिरानीले मुख छोपेर सम्झिए ती दिनहरु, अनि श्रीमतीलाई  । जसले पीडामा अंगालो हालेर साथ दिने गर्थिन् । भित्तामा टाँगिएको श्रीमतीको फोटो हेर्दै एकोहोरो भने, ‘सायद तिमी भएको भए ।’ मान बहादुरले ननिदाएर छर्लंगै त्यो रात काँटे ।

    बिहाँन उज्यालो भयो । घाम हिजोको जस्तो न्यानो गरी लागेको थियो । तर, उनको आंङमा न्यानो भएको थिएन। रातभरी नसुतेर शरीर गह्रुँगो भएको थियो । छोराको दिनदिनको कच-कचका कारण उनले घर छोडेर हिड्ने निर्णय गरेका थिए । ओ, हो जिन्दगी कहाँबाट कता भासिदो रहेछ । कस्तो कस्तो परिस्थिति जीवनमा आउँदो रहेछ । हिजो त हो, मैले यहि छोरा र साना छोरीहरुका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गर्ने निर्णय गरेको । तर, उनीहरुको मूल्यांकनमा किन पर्दैन् मेरो त्याग । उ सधैं भन्छ–‘किन ठूलो बन्छौं, तिमीलाई कस्ले पालेको छ भन त ?’ मान बहादुर छोराले लगाएको बचन सम्झदैं घरबाट निस्किए, सानो झोला र त्यसभित्र आफ्नो पार्टीका केही दस्तावेजहरु बोकेर ।

    जब मान बहादुरको उमेर तीनदशक मात्रै पुगेको थियो, उनकी श्रीमतीले उनी, छोराछोरी र यो संसारलाई छोडेर टाढा कतै कहिल्यै नफर्किने गरी गएकी थिइन् । मान बहादुरले सोचेका थिए, भर्खर जीवनको तीन दशकमा त पुगेको छु । अर्को बिहे गर्छु । कसैलाई घर भित्राएपछि यी छोराछोरीले आमाको माया पाउने अनि मैले पनि जीवन साथी पाउने । तर, अर्कोमनले मुटुको एउटा भागमा चिमोटिरह्यो होइन्, बिहे नगर, अर्को झंझटमा नपर, तैले देशको लागि पनि त केही गर्नु छ ! तेरा छोराछोरी आमा बिनाका टुहुरा मात्र भएका छन् । तेरो छहारी त छदैँ छ नि ! हेर त, ति राज्यको अभिभावकत्व बिनाका छोराछोरीहरु, उनीहरुलाई दुःखको जंजालबाट कसले मुक्त गराउँछ ? सोच्दा सोच्दै मान बहादुर झसंग भए । अनि त त्यतिबेला देखि नै मान बहादुरले बिहे गर्ने सोँच त्यागेर यो देशको मुहार फेर्नका लागि लागि परेका थिए । आफ्ना छोराछोरीसँगै यो देशकै छोराछोरीका लागि, लागि परेको थिए । तर, मान बहादुरले सोचेको जस्तो देशको मुहार फेर्न सकेनन् । न त उनी आवद्ध भएको राजनीतिक पार्टीले नै त्यो काम गर्यो।

    मान बहादुरले हेर्दाहेर्दै उनी सँगै आन्दोलनमा होमिएका साथीहरु पजेरो चढ्ने भए । उनीहरुका ठूला महल अनि छोराछोरी विदेश पढ्न गए । तर, मान बहादुरलाई भने बुढेसकालमा आफ्नै छोराले निस्कीएर जा भन्ने अवस्था आयो उनी बोझ बने छोराका लागि अनि परिवारका लागि ।

    घरबाट निस्किएको रात मान बहादुरले आफ्ना नजिकका साथिकोमा बिताए । रातभरी सोँचे । यहाँका साथीभाइ लाई छोडेर म एक्लै बस्न सकुँला ? फेरि एकमनले सोँचे होइन्, मेरा साथीहरु छन् नी तराइमा जो राजनीतिमा सँगै लागेका थिए, उनीहरु सँगै गएर बस्छु । मनका कुराहरु पोखेर मन हलुंगो बनाउँछु । अनि त मान बहादुरले टेलिफोनबाट सिम निकालेर फ्याकिदिए । एउटा कालो व्याग बोकेर फेरि काठमाडौं नफर्कने गरी हिँडे मान बहादुर कसैको बोझ नबन्ने प्रण गर्दै ।

    १५८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad