BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    स्वराज भ्रमण गुदि र गुत्थी

    पुष्पलाल पाण्डे माघ १९, २०७४

    नेपालमा पुरानो सरकार विस्थापनको संघारमा रहेको र नयाँ सरकार बनि नसकेको अवस्थामा भारतीय विदेश मन्त्रिको नेपाल भ्रमण आफैमा अनौठो बनेको छ । निर्वाचन पछि वामगठबन्धनको सरकार बन्ने निश्चित छ । त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने पक्का पक्की छ । यस्तो अवस्थामा सुस्मा स्वराजको नेपाल भ्रमण आफैमा एउटा पहेली हो ।
    यसअघि भारतको तर्फबाट भए गरेका व्यवहारहरुको फाइल पल्टाउने हो भने यसको परिणाम नकारात्मक नै हुन्छ । नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरेर आफ्नो संविधान आफै घोषणा गर्दा त्यसमाथि हस्तक्षेप गर्ने र नाकाबन्दी समेत लगाउने स्वराज अहिले नेपाल भ्रमणमा छिन् । नेपालको राष्ट्रिय मामिला रहेको तराई समस्यालाई लिएर सार्वजनिक फोरममै मन्तव्य दिएका प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूतको रुपमा स्वराजले नेपाल भ्रमण गदैछिन् । सँगसँगै भारतले सत्ताबाट आउट गरेको भनिएका ओलीसँग उनले सबैभन्दा पहिले भेट गरिन् । देशका बहालवाला प्रधामन्त्री, समकक्षी मन्त्री तथा राष्ट्रप्रमुखलाई भन्दा बढी प्राथमिकता स्वराजले ओलीलाई दिएकी छिन् ।
    ओली तिनै हुन् जसलाई भारतले नाकाबन्दी लगाएर हटाउने प्रयास गरको थियो । सकेसम्म फेरि सत्तामा ओलीको आगमनलाई रोक्न भेटे जतिका सबै उपाय उसले अबलम्बन गरेको थियो । तर, ओली कतिपनि नुगेनन् । ओली भाच्ने भारतीय अस्त्र अन्ततः नाकाम नै भए ।
    यहि नाकामीबाट सिकेको शिक्षाको रुपमा ‘कोर्ष करेक्सन’ का लागि स्वराज यत्ति हतारमा नेपाल आएकी हुन् । उनको निहितार्थ ओली नभड्कीउन भन्ने नै हो । अझ त्यसमाथि मोदीले पटक पटकका टेलिफोन वार्तामा प्रधानमन्त्री वनिसकेपछि भारत भ्रमण गर्न दिएको निम्तोको प्रतिउत्तरमा ओलीले आफु प्रधामन्त्री बनि सकेपछि मोदीजीको नेपाल भ्रमणका लागि काउन्टर निम्तो दिएपछि तर्सीएको भारत स्वराजबाट व्यवस्थित हुने खोज्दैछ ।
    अघिल्ला गल्तीहरु वेलायती उपनिवेसनबाट प्रशिक्षित भारतीय कर्मचारीतन्त्रको भएको र राजनितीक रुपमा त्यो कमजोरी सच्याउन राजनितीक स्तरमै सम्बन्ध सुधान पर्ने अनुभुति पछिल्लो समय भारतले गरिरहेको छ । यसको कडिको रुपमा स्वराजले नवनियुक्त विदेश सचिव विजय केसर गोखले र नेपाल डेक्स प्रमुख सहसचिव सुधाखर दलेला सहितका अधिकारीको साथ नेपाल भ्रमण गरेकी छन् ।
    स्वराजको भ्रमणको निहितार्थ यसअघिका सबै नकारात्मक कोणहरुको ‘ब्रेक अप’को सुरुवात हो । यसअघि नेपालको प्रधानमन्त्री निर्वाचित हुनासाथ भारत दौडिने चलनको अन्त्य गर्दैे ओली प्रधानमन्त्री बन्नसाथ मोदीले नेपाल भ्रमण गर्ने वातावरण तयारीका लागि स्वराज नेपाल आएकी हुन् ।
    स्वराज नेपाल आउँने ‘टाईमिङ र राइमिङ’ दुवै नमिलेपनि आगामी दिनमा यसको परिणाम भने सकारात्मक बन्ने देखिन्छ । ओलीकै सपथग्रहणमा भारतीय प्रधानमन्त्री सहित दक्षिण एसियाका सबै सरकार प्रमुखलाई निम्त्याउने वातावरण बनाउन पनि यो भ्रमण भएको भारतीय खुफीया संयन्त्रहरुले बताएका छन् ।
    यदि यसो हुन सक्यो भने यो नेपाल राष्ट सगै ओलीको व्याक्तिगत विजय पनि हुन सक्छ । सँग सँगै ‘नेईवर फस्र्ट’ को मोदी नारा पनि सफल हुने भएकाले नेपाल भारत ‘विन विन’ का लागि स्वराज भ्रमण सफल हुने देखिएको छ ।

    १७०७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad