BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    चिनियाँ नागरिकलाई नेपाल भ्रमणको निम्तो

    संसार न्यूज संवाददातामाघ २०, २०७४

    २० माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गरेका छन् ।

    नेपालको पर्यटन प्रवद्र्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उनले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताए ।

    सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिएका थिए । कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्र् सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो ।

    २१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad