BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गजल

    स्व. मनु ब्राजाकीमाघ २३, २०७४

     

    ढाँटिछली आफूलार्इ आजसम्म बाँचिएछ
    रोला कोही भन्नेठानी आँसु पुछी हाँसिएछ

    भेटिएला हराएको मान्छे यतातिर कतै
    अनि पो त आफ्नै फोटो चौतारीमा टाँसिएछ

    रातो घाम देखेपछि घरबाट निस्किएर
    छिमेकीको आँगनमा साँझपख बासिएछ

    असर्फीको चाहनामा भौंतारिदै हिँड्नेको त
    पुर्ख्यौली त्यो एक सुकीसम्म पनि मासिएछ

    सोच्न थालें “मनु”सित तिम्रो कस्तो नाता होला
    बुझें मैले फूल उनी मामा जब गाँसिएछ

    इति

    रचनाः वैशाख ११, २०६७
    वेस्टमिनिस्टर, कोलोराडो सम्युक्त राज्य अमेरिका

     

     

    २७९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad