BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    देउराली

    खगेन्द्र गौतम, विन्डसोर, अन्टारियो क्यानाडामाघ २४, २०७४

    देउरालीहरुले बोलाइरहँदा पनि
    फर्की आएनौं तिमी
    नदिहरुले चिच्याइरहँदा पनि
    फर्की हेर्दैनौ तिमी
    ब्यवस्थाको बेगले तिमीलाई
    मसँग बैरी बनायो
    मित्रताको भिख माग्दा पनि
    दिन मान्दैनौ तिमी
    केवल तिम्रो पर्‍खाईमा
    बस्तीहरु उजाड छ्न् यहाँ
    पागल प्रेमिझैं टोलाइरहन्छौं
    आफैलाई चिन्दैनौ तिमी
    तिमी हिँडेको धेरै भयो
    फर्क अब नजाउ टाडा
    भनको कहिल्यै मान्दैनौ तिमी
    भन्दाभन्दै अनन्त यात्रा सुरु गरेछौं
    जीवनको देउरालीबाट

    इति

    २०७२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad