BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    नेपाल बनाउने ९ सुत्र

    शेखर ढुंगेल,अमेरिकामाघ २५, २०७४

    नेपालमा पद्धति धेरै बदलियो प्रवृति बदलिएन हामीले धेरै क्रान्ति गर्यौ बिबेक र जिम्मेवारीको मर्म कहिले कार्यन्वयन गरेनौ हज्जारौ शहिदको रगत बग्यो तर कथित नेताहरुको लालचको त्र्याल बग्न छोडेन एक पछी अर्को भ्रष्ट थपिदै गयो सदाचारी अनुकरणीय राष्ट्रको लागि सोच्ने असल नेतृत्व र नागरिक उत्पादन भएनन् देखिएन । तसर्थ त्यसको लागि यी ९ बुँदे सुत्र दर्शाएको छु ।

    १) ठोस बैदेशिक नीति निर्माण जसले जुन व्यक्ति बाद को सरकार भए पनि स्थायी सरकारको सल्लाह वा अनुमति भन्दा बाहिर जान न पाउने अविचलित नीति निर्माण गर्ने अर्थात नेताहरुलाइ बैदेशिक छाया बाट टाढा राख्ने यदि कोइ यो नीति कुल्चिंछ भने जेल हाल्ने नीति निर्माण गर्ने ।

    २) निर्मम अनुशासित एबम मितव्ययी आर्थिक नीति देश आर्थिक दलदलमा फसिसकेको हुँदा असफल हुनु बाट रोक्न आयात लाइ दुरुसाहित गर्दै निर्यात मुलक कृषि पशु पर्यटन र जडिबुटी लाइ आर्थिक स्रोतको जग मानि नीति निर्माण गर्ने र तराइ बाट पहाड हिमाल बसाइ सर्न प्रेरित गर्ने बिकास योजना लागु गर्ने र राजनैतिक एबम प्रशासनिक संरचनालाइ राष्ट्रिय स्रोत साधन र हैसियत अनुसार न्यूनीकरण एबम बैज्ञानिकरण तरिकाले लागु गर्ने ।

    ३) बिस्वब्यापी मान्यता अनुरुपको अप्रवासी (नागरिकता र अधिकार नीति) लागु गर्ने सिमा सुरक्षा र संरक्षणको लागि दुवै छिमेक देशको हित लाइ सम्बोधन गरेर स्वतन्त्र स्वाधिन राष्ट्रको हैसियतले आफ्नो सुरक्षाको नीति र कार्यन्वयन डटेर गर्ने ।

    ४) CIVIC SENSE ACT  निर्माण र कार्यन्वयन गर्ने जसले बिबेकसिल र जिम्मेवार राज्य र नागरिक निर्माण गरोस ।

    ५) INGO मुक्त जैविक राष्ट्र नेपाल एबम आत्मनिर्भर राष्ट्र बनाउने घोषणा सहित क्रान्तिकारी निर्यात लक्षित पशु कृषि जडिबुटी एबम पर्यटन योजना लागु गर्ने र गाउ बाट शहर र शहर बाट विदेश पलायन हुने युवा उर्जा बौद्धिक सम्पति रोक्ने नीति कार्यन्वयन गर्ने।

    ६) भ्रष्टाचार लाइ गम्भीर अपराध मानि कठोर नीति निर्माण र इमान्दरिपुर्बक कार्यन्वयन गर्ने ।

    ७) बैदेशिक लगानीकर्ता खास गरि दुइ छिमेकी देश लाइ प्राथमिकतामा राखेर प्रतिस्पर्धामा आमन्त्रण गर्ने ।

    ८) राजनीति लाइ अपराधीकरण हुन् बाट निषेध गर्न बिस्वब्यापी मान्यता अनुरुपको न्युनतम मोरल क्यार्क्टर को सिमा तोक्ने र सम्मानित मर्यादित एबम अनुकरणीय नेतृत्व निर्माण गर्ने ।

    ९) २१ औ शताब्दीको सभ्य सुसस्कार युक्त राजकीय सुशासनको अनुकरणीय नीति ब्यबहारमा कार्यन्वयन गर्ने जसले नागरिक लाइ प्रचलित संबिधान कानुन प्रशासन र अदालतप्रति सम्मान एबम विस्वास गर्न प्रेरित गरोस SYSTEM निर्माण र इमान्दरिपुर्बक कार्यन्वयन) भरोसा बढोस र ढोके प्रवृति त्यागि गर्ब साथ् आफ्नो इच्छा योग्यता क्षमता मा प्रतिस्पर्धा गरेर उपलब्धि खोज्नु पर्छ भन्ने भावना उच्च रुपमा जागृत होस् समान मानबिय मूल्य र मान्यताको मर्मलाइ आत्मसात गर्ने सोच को निर्माण अनिबार्य छ।

    १४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad