BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    राजनीतिक स्थायित्व र अार्थिक समृद्धिकाे कुटनैतिक आधार

    विनाेदखण्ड तिमिल्सेना माघ २५, २०७४

    नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे प्रशस्तै चिन्तन मनन भैअाएकाे छ । वास्तवमा परिपक्व कुटनैतिक क्षमतामा समृद्धि हासिल नगरि अार्थिक समृद्धि सम्भव छैन । राजनीतिक स्थायित्वकाे मामिला पनि प्रकारान्तरले कुटनीतिमा अडकेकाे अाम अड्कल गरिन्छ ।
    सामन्यत: नेपालमा दक्षिण काे विरोधमा अभिव्यक्ति दिनुलाई राष्ट्रवादी मानिने मनाेविज्ञान अामरुपमा छ भन्ने गरिन्छ । कतिपयले उत्तरकाे मामिलामा ‘रिजर्भ’ रहनसके सत्तामा पुग्न र टिक्न सहजहुने एवं सत्ताकाे सिढी सजिलोसँग चढने अवसर मिल्ने चर्चा गरेकाे पनि सुनिन्छ । चुनावकाे समयमा दक्षिणतर्फ पिठ्युँ फर्काउँदा जितिने र सत्ता सञ्चालनमा उत्तरतर्फ पिठ्युँ फर्काउदा शुभ हुने मनाेविज्ञानले नेपाली राजनीति, राजनीतिक पार्टिहरु र नेतृत्वलाई चेपुवामा पारेकाे अाम अनुभुती गर्न सकिन्छ । वास्तविकता मा हाम्रोजस्तो देशकाे कुटनैतिक परिपक्वता सँगसँगै उल्लेखित मनाेबैज्ञानीक चेपुवाबाट मुक्त दिने राष्ट्रिय सुत्र पहिल्याउनै पर्छ । यश संक्षिप्त अालेखमा कुटनैतिक परिपक्वता र ‘चुनाव पुर्व र चुनाव पश्चात्’ पनि एकैनाशले छिमेकसँग बनाउन सकिने सम्वन्धकाे दिशामा कसरी ‘आम नेपाली नेतृत्व’  अगाडि बढनु पर्दछ भन्ने बारे चर्चा सहित सुझाव दिने प्रयत्न गरिएको छ ।

    भुपरिवेष्टित परिस्थिति एक माैलिकता:

    नेपाल भुपरिवेष्टित मुलुक हुनाले विकास र समृद्धिका दिशामा काम हुन नसकेको हाे भन्नेहरुका तर्कमा पनि ‘दम’ छ । तर याे विश्वका भुपरिवेष्टित देशहरुलाई नेतृत्व गर्ने अवसरकाे उपलब्धता पनि हाे । विश्वका १० गरीब देशहरुकाे सुचिमा ९ वटा भुपरिवेष्टित देशहरू छन । युराेपमा रहेका १७ वटा भुपरिबेष्टित मुलुकमध्ये स्विजरल्याण्डकाे चर्चा यदाकदा राजनीतिक नेतृत्वले नेपालसँग तुलना गर्न प्रयाेग गरेकाे पाईन्छ । साना भुपरिवेष्टित देशहरुकाे विकास र समृद्धिकाे चर्चा गर्दा र राम्रो नमुना लिंदा युरोपेली भुपरिवेष्टित मुलुकमध्ये कै ‘सिकाे’ अाबश्यक छ । विकासको सुचकका दृष्टिकोणले अफ्रिकन भुपरिवेष्टित मुलुकहरु दयनीय अवस्थामा छन । यशियाका १२ भुपरिवेष्टित मुलुकका पनि अाफ्नै विशेषता र चुनैातीहरु छन । नेपाल जस्तै दुईवटा मात्रै मुलुकसँग (चिन र रुस) भुपरिवेष्टित रहेकाे मंगाेलिया विकास र समृद्धिकाे मामिलामा अगाडि छ । वास्तवमा भुपरिवेष्टित मुलुकहरुका साझा अावश्यकता र चासाेहरु छन । यी साझा रुचिहरुलाई एकताबद्ध पार्नु र भुपरिवेष्टित मुलुकहरुकाे जमिनबाट समुन्द्र सम्मकाे पहुँचकाे अन्तरास्ट्रिय मंच र संयुक्त राष्ट्र संघ अनुमाेदित अधिकारकाे प्राप्ति र उपभाेगमा याेजनाहरु मुखरित गर्नु नेपालकाे अन्तर्राष्ट्रिय सम्वन्धकाे चुराे हाे । यसैले नेपालकाे कुटनैतिक विषय भुपरिवेष्टित राष्ट्र हरुकाे सामुहिक अधिकार सँग अभिन्न ढंगले जाेडिएकाे छ । यस्ताे अधिकारका बारेमा छिमेकीहरु सँग दुरी बढाएर हाेईनकी ‘अाधारभुत अधिकार’ काे मापदण्डलाई अाधार बनाएर सम्बन्धकाे विकास गर्नु पर्दछ ।

    दुई ढुङ्गा विचकाे तरुल:

    नेपालकाे अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धकाे कुरा गर्दा नेपाल दुईवटा अार्थिक र सामरिक शक्ति सम्पन्न ‘ठुला’ मुलुकका विचमा भुपरिवेष्टित रहेकाे छ र हाम्रो कुटनैतिक सम्बन्ध पनि चेपुवामा छ, अप्ठ्यारोमा छ यसैले हामीले सहनु पर्छ भन्ने मानसिकता मा याे ‘तरुल’ कुटनैतिक दृष्टिकोण बनेको देखिन्छ । पृथ्वीनारायण शाहको दिव्याेपदेशकै रुपमा रहेकाे ‘नेपाल दुई ढुङ्गा विचकाे तरुल’ हाे र यी दुई ढुङ्गाले छाडेकाे ‘स्पेश’ वा चरमा नै नेपाल विकसित हुने हाे भन्ने सन्देशकाे मर्म छ । र, दुबैढुङ्गालाई तरुलले दखल दिंदैन चेपिएरै बस्दछ भन्ने परम्परागत र समर्पणवादी मान्यताकाे पनि छनक याे कुटनैतिक ‘डिल’काे अन्तर्यमा देखिन्छ । कुनै समय विकासकाे प्रारम्भिक चरणमा दुईवटा ढुङ्गा कै विचमा चेपियरै बाँचे पनि एक्काईसाैं शताब्दीको याे भुमण्डलिकरणकाे समयमा ढुङ्गा मा चेपिएरै रहने तरुलकाे अवधारणाले नेपालकाे थप उन्नति देखाउँदैन । तरुल सजीव वस्तु हाे । ढुङ्गाकाे विचमा निरन्तर विकास र उन्नतिका मलजल प्राप्त हुँदैन । यसैले याे परम्परागत कुटनैतिक मान्यताबाट माथि उठेर सम्बन्धमा विकास गर्नु अनिवार्य अावश्यकता हाे । अब याे ‘तरुल’ कुटनीतिले राजनीतिक स्थायित्व अार्थिक समृद्धि र समाजवादी नेपाल निर्माणकाे अावश्यकतालाई सम्वाेधन गर्न सक्दैन ।

    दुई ढुङ्गा विचकाे डाईनामाईट:

    नेपालकाे छिमेकीहरु सँगकाे सम्बन्ध र कुटनैतिक पक्षकाे विश्लेषणमा डाईनामाईट बन्ने कुरा पनि चर्चामा थियाे र यदाकदा छ । खासगरी माअाेवादी जनयुद्ध कालमा ‘नेपालमा सफल हुने क्रान्तिकाे झिल्काेले दुईवटा ठुला छिमेकी  मुलुकमा पनि क्रान्तिकारी अान्दोलन काे शन्देश पुग्ने र त्यहाँको क्रान्तिले समग्र क्षेत्रमा क्रान्ति सफल हुने’ भन्ने मान्यता र मनाेविज्ञानले ‘डाईनामाईट’ कुटनीतिकाे विकास गरेकाे थियाे । क्रान्ति वा राजनीतिक प्राप्तिको दृष्टिकोणले याे जायज हुन पनि सक्थ्यो हाेला तर नेपालको छिमेकीहरु सँग विकास गर्नु पर्ने व्यवाहार र सम्वन्धका दृष्टिकोणले याे अवधारणा बस्तुत: भड्किलो थियाे । अहिले फरक कुटनैतिक मान्यतामा अाईपुगेपनि खासगरी तत्कालीन माअाेवादी अान्दोलन र पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध कालकाे क्रममा ‘सुरुङ’ युद्धको कुरा देखि प्रधानसेनापति काण्डपछिकाे ‘राष्ट्रिय स्वाधिनता’ र ‘राजनीतिक सर्वाेच्चता’ सम्मका प्रसंगमा यहि ‘डाईनामाईट’ कुटनैतिक दृष्टिकोण बनाएकाे देखिन्छ । वास्तवमा याे अवधारणा नेपालकाे राजनीतिक स्थायित्व र अार्थिक समृद्धिका दृष्टिले मात्रै हाेईन समग्रमा नै अपरिपक्व भएकाे करीव सबैले स्विकार गरेका छन । वस्तुगत धरातल र बैज्ञानिक अाधार विना याे कुटनैतिक मान्यताले छिमेकसँगकाे सम्वन्धलाई चिसाे मात्रै बनाउँछ भन्ने पुष्टि भैसकेको छ ।

    दुई ढुङ्गा बिचकाे पुल :

    नेपालमा अहिले अाबश्यक रहेकाे कुटनैतिक सम्वन्धकाे अाधार भनेकाे नेपाल दुईवटा ठुला मुलुकहरु विचकाे पुल बन्नु हाे । अादान प्रदानका दृष्टिकोणले विश्वका दुई ठुला जनसंख्या, दुई ठुला भुगाेल, दुई ठुला अर्थतन्त्र र दुई ठुला सामरिक शक्तिहरुकाे विचमा अवस्थित नेपाल पुलकै रुपमा रहनु पर्छ । मित्रवत व्यवहार निर्माणमा भरमग्दुर प्रयत्न गर्नु पर्छ । खासगरी १५ अक्टोबर २०१६ मा विरिक्स सम्मेलनका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र माेदि र चिनका राष्ट्रपति सि जिन पिङकाे संयुक्त वार्ता वा अाकस्मिक भनिएकाे भेटघाट पछि ‘दुई देश विचकाे पुल’ बन्ने कुटनैतिक मान्यता सतहमा अाएकाे हाे । जब नेपालले दुई ठुला देशहरुलाई मित्रतामा, अार्थिक क्रियाकलापमा, ब्यापारमा, पाराबहनमा पुल बनेर जाेडन सफल हुन्छ तब नेपाल अार्थिक गतिविधिकाे ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्छ । जब याे सफलता प्राप्त हुन्छ तब ‘चुनावपुर्प उत्तर र चुनावपछि दक्षिण’ फर्कनुपर्ने मनाेबैज्ञानीक राेगवाट पनि नेपाली राजनीतिलाई निकाे हुनेछ । वस्तुत अाज नेपालका सबै राजनीतिक पार्टी र अान्तरिक शक्तिहरु नेपाल चिन र भारतकाे विचकाे ‘तरुल वा डाईनामाईट’ हैन की पुल र अार्थिक ट्रान्जिट बन्नु पर्ने कुरामा सहमत भएकाे देखिन्छ । भारत र चिनकाे समेत हीतकर याे मान्यता तीनै पक्षकाे दिगाे अार्थिक विकासकाे सेतु हाे । यसै दिशामा नेपाली राजनेताहरुले भरमग्दुर प्रयत्न गर्नु पर्छ। स्थिर परराष्ट्र नीति र कुटनैतिक सम्बन्ध विकासमा केही छिटफुट बाहेक एकमना एकता पैदा भएकाे देखिनु समग्र नेपालीको खुशीकाे कुरा हाे । ‘दुई देशविचकाे पुल’ कुटनैतिक मान्यताका नेपाली सुत्राधार मुख्यतः प्रचण्ड र उनीसँगै गठबन्धनकाे नेतृत्व गरेका केपि अाेली अनि देशकै पुरानाे पार्टीका सभापति एवं वर्तमानका प्राविधिक प्रधानमन्त्री देउवा सहितमा परराष्ट्र सम्बन्ध र कुटनैतिक मामिलामा ‘एक मन, एक बचन, एक कर्म’ सहितकाे एकता पैदा हुनुपर्छ । सरकार परिवर्तन सँगै परराष्ट्र नीति परिवर्तन र कुटनैतिक मामिलामा तलमाथि गर्ने छुद्रतापुर्ण  विरासतकाे अवशान गर्नै पर्छ । नेपालकाे भविष्य सुन्दर हुन्छ । राजनीतिक स्थायित्व र अार्थिक समृद्धि हामीले हाम्रो जीवनकाल मा नै पाउने छाै । यसका लागि हामिमा विश्वासिलाे, परिपक्व र ईमान्दार कुटनैतिक क्षमता अपरिहार्य छ ।

    २८६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad