BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन १० गते
    Headlines :
    Ad

    पाकिस्तानी आस्मा जाहाङगिरको निधन

    एएफ्पीमाघ २९, २०७४

    २९ माघ, लाहोर, पाकिस्तान । पाकिस्तानी नागरिकको अधिकारका लागि सङ्घर्षरत आस्मा जाहाङगिरको आइतबार निधन भएको छ । उहाँ ६६ बर्षको हुनुहुन्थ्यो ।

    पाकिस्तानी कानूनविद् तथा संयुक्त राष्ट्रसङ्घका पूर्व विशेष समाधिक्षक जाहाङगिरको हृदयघातका कारण निधन भएको उहाकी बहिनी हिना जिलानीले बताउनुभयो ।

    “दुर्भाग्यवस हामीले उहाँलाई गुमाएका छौँ, ” वरिष्ठ अधिकारकर्मी तथा उहाँकी बहिनी जिलानी एएफ्पीलाई बताउनुभयो ।

    जाहाङगिरको मृत्युपछि पाकिस्तान तथा विदेशमा रहेका उहाँका प्रशंसकले सामाजिक सञ्जालमार्फत् दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    “जाहाङगिर एक बहादुर व्यक्ति हुनुहुन्थ्यो । उहाँको अनुपस्थितिमा विश्व नै अपूर्ण हुनेछ,” पाकिस्तानी प्रभावशाली अधिवक्ता सलमान अक्राम राजाले लेख्नुभएको छ ।

    म र मजस्तै धेरैले उहाँका विचारसँग सहमत थिएनन् । तर उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो । र राज्यले यस्ता बहादूर तथा तेजवान् व्यक्तिलाई कहिल्यै पाउने छैन, पाकिस्तानी पत्रकार वाजाहत खानले ट्वीट गर्नुभएको छ ।

    जाहाङगिर फ्रान्सको सवैभन्दा ठूलो नागरिक पुरस्कारबाट सन् २०१४ मा पाउनुभएको थियो । उहाँ स्वीडेनमा नोवेल पुरस्कारको वैकल्पिक मानिने प्रसिद्ध पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो ।

    जाहाङगिरले पाकिस्तानी मानव अधिकारका क्षेत्रमा पाएको सम्मान नगन्य व्यक्तिले मात्र पाउने सम्मानमा पर्छ ।

    उहाँलाई नागरिकको अधिकारका लागि सङ्घर्ष गरेकै कारण ज्यान मार्ने धम्की, विभिन्न शारिरीक आक्रमण तथा जेल सजाय भोग्नुभएको थियो ।

    ४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad