BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    गजल ३३

    कुमार शिवाकोटी, हेरिसवर्ग, पेन्सिलभेनिया, अमेरिकामाघ २९, २०७४

    यसपालिको दशैंमा घर आउन पाइन आमा
    निधारमा टिका र जमरा लाउन पाइन आमा

    देशै भरि रमाइलो हुँदा भेल छुट्यो पसिनाको
    यसपालि नि घरको छानो छाउन पाइन आमा

    तिहार आउँदा साथीसँगै मादलु र झ्यालीसँगै
    आँगनीमा देउसी भैलामा रमाउन पाइन आमा

    ठूलो सपना देखेको थिएँ भविष्य सुन्दर बनाउने
    पराईको देशमा सोचेजस्तो कमाउन पाइन आमा

    दिनरात घरकै याद सानीको त झनै माया लाग्छ
    यो वर्ष नि उनले पकाएको खुवाउन पाइन आमा

     

    इति

    १४२५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad