BizPati

  • Ad
  • आज : २०७५ साउन १ गते
    Headlines :
    Ad

    मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

    संसार न्यूज संवाददातामाघ २९, २०७४

    मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो ।

    विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा गत ४ फेब्रुअरी २०१८ का दिन उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले आफ्ना चर्चित एक दर्जन कविताहरु वाचन गरेका थिए । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुगेका हुन् । कवि स्मृतिको बारेमा दिलदुखी जन्तरेले प्रकाश पारेका थिए भने नेपाली राजदूतावास मलेशियाका द्धितिय सचिव विनोद मुखियाले प्रमुख अतिथिको रुपबाट शुभ कामना दिएका थिए ।

    नेपाली राष्ट्रिय गाना लगतै रबि किरणको स्वागत मन्तब्यबाट शुरु भएको कन्सर्टलाई विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय सदस्य दिलिप राई सगर, एनआरएन मलेशियाका महासचिव सुन्दर आले, साहित्य महासङ्घका पूर्व केन्द्रीय पार्षद दीप दर्शन, नेपाल आदिवासी जनजाति महासङ्घ मलेशियाका उपाध्यक्ष ड्वाङनुरी शेर्पा, चौतारी साहित्यकार डिल्ली छत्कुल्ली, योगेन्द्र कोईराला, राम चौधरी, कृष्ण आङदेम्बे, दिल केरुङ, राज गिरी, राम रेप्चोङ लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।

    दोस्रो चरणमा कवि स्वप्निललाई प्रमुख अतिथि र सभाध्यक्ष कृष्ण भीरद्धारा सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै गरि मलेशियामा रहेर अनवरत साहित्यमा योगदान पुरयाए वापत गजलकार दीप दर्शनलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रमलाई लाँलीगुराँस रेष्टुरेष्ट, सुम्निमा रेष्टुरेष्ट इपो, परदेशी रेष्टुरेष्ट, मण्डला रेष्टुरेष्ट, हर्वो प्रालिले प्रायोजन गरेका थिए भने आख्यानकार जीवन देवान गाँउलेले संचालन गरेका थिए ।

    १०९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad