BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न

    संसार न्यूज संवाददातामाघ २९, २०७४

    ओमान । नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिवेशन शुक्रबार ओमानको मस्कटमा सम्पन्न भएको छ ।
    केही वर्ष अघिदेखि ओमानमा तदर्थ समिति गठन गरि क्रियाशिल रहेको यो संगठनले अहिले अधिवेशन सम्पन्न गरेको हो । जन सम्पर्क समिति नेपाली कांग्रेसको प्रवास विभाग संगठन हो ।
    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखक प्रमुख अतिथी रहेको अधिवेशन फर्सुराम पोख्रेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिको रूपमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र गैर–आवासिय नेपाली संघका केद्रिय सचिव डिबी क्षेत्रीको उपस्थिति रहेको थियोे ।

    अधिवेशन समारोहमा ओमानमा क्रियाशिल विभिन्न संगठन तथा संघ–संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि थिए । कार्यक्रममा करिब २५० भन्दा धेरैको उपस्थिति रहेको थियो ।

    संगठनको सन २०१८–२०२० कार्यकालको लागि सहमतिमै नयाँ कार्यसमिति पहिले नै चयन गरिएको हुँदा निर्वाचन समितिलाई बन्द सत्र तथा निर्वाचन गर्नुपर्ने आवश्यकता परेको थिएन । उक्त अधिवेशनले आगामि २ वर्षको लागि फर्सुराम पोख्रेललाई सभापतिमा चयन गर्दै नयाँ कार्यसमिती गठन गरेको छ । जसमा उप–सभापतिद्धय बेदनिधि आचार्य, शालिकराम चापागाई र सञ्जयकुमार शाह, महामन्त्रीद्धय नविन पंगेनी, युवराज स्वाँर, सह–महामन्त्री अनिल पौडेल, कोषाध्यक्ष लोकनाथ बास्ताकोटी, सह–कोषाध्यक्ष दीपेन्द्र अधिकारी रहेका छन् ।

    सदस्यहरुमा क्रमशः रामबहादुर ढुङ्गाना, यमबहादुर सारु मगर, मिनबहादुर पराजुली, पदम गुरुङ, सुविस्ता तामाङ, बिमला पौडेल, गंगा पौडेल, गंगा थापा, मिना रावल, गुनबहादुर साठीघरे मगर, राम चौहान, दिलिप महतो र राजेश कुर्मी रहेका छन् । साथै सो अधिवेशनले अजयकुमार यादव संयोजक रहेको पाँच सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा दिपक पौडेल, बिकल झा, बिनबहादुर बस्नेत र सुरज चित्रकार रहेका छन् । निर्वाचित सबै पदाधिकारी सर्व–सहमतिमा चयन गरिएको थियो ।

    अधिवेशनलाई सम्बोधन गर्दै पूर्व श्रम मन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रवासी श्रमिकका समस्यालाई सम्बोधन गर्न नीतिगत रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहलमा आफुहरु लागिरहेको वताए । उनले अहिलेको नेपालको वर्तमान राजनीतिको बारेमा बोल्नुका साथै सहभागिहरुले उठाएका जिज्ञासामाथि प्रकाश पारेका थिए ।

    ४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad