BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    अमेरिकी विदेशमन्त्री मध्यपूर्वको भ्रमणमा

    एएफ्पीफागुन १, २०७४

    १ फागुन, काएरो, इजिप्ट ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मध्यपूर्वको भ्रमणका शिलशिलामा सवैभन्दा पहिला इजिप्ट आइपुग्नुभएको छ ।

    आइतबार राति इजिप्ट आएका उहाँले सोमबार नै इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी तथा विदेशमन्त्री सामेह साउक्रीसँग भेटवार्ता गर्नुभएको छ । वार्ता मध्यपूर्वको सुरक्षा तथा इजिप्टमा आगामी दिनमा अमेरिकी सहयोगबारेमा छलफल गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मध्यपूर्वको भ्रमण सकेको करिब एक महिनाको अन्तरमा यहाँ आउनुभएको हो । टिलरसनले आफ्ना इजिप्टेली समकक्षी साउक्रीसँगको कुराकानीमा इजरायली तथा प्यालेष्टिनी जनताबीच शान्तिवार्ता गराउने अमेरिकी प्रतिवद्धता अनुरूप अघि बढ्न चाहेको बताउनुभएको साउक्रीले सञ्चारकर्मीलाई बताउनुभयो । तर शान्तिवार्ताबारेको योजना बिस्तारमा भने बताउनुभएन ।

    मध्यपूर्वी मुलुक सिरिया तथा इजरायली समस्याको समाधान नै आफ्नो भ्रमणको एजेन्डा रहने अमेरिकी विदेशमन्त्रीले इजिप्टमा भएको सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । उहाँ इजिप्टका नेता तथा उच्च पदस्थ अधिकारीसँगको भेटपछि आजै कुबेत प्रस्थान गर्नुभयो ।

    ५६४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad