BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    कसैले भन्दिए हुन्थ्यो

    कृष्ण गिरी, कन्कर्ड, न्यू ह्याम्पसायर, अमेरिकाफागुन २, २०७४

    तिमी जिन्दगी हौ या जिन्दगी नै तिमी हाै ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी बन्दगी हौ या बन्दगी नै तिमी हौ ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी सफर हौ या हमसफर नै तिमी हाै ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी नजर हौ या नजारा नै तिमी हौ ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी गोरेटो हौ या गन्तव्य नै तिमी हौ ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी खुसी हौ या खुसी नै तिमी हौ ?

    कसैले भन्दिए हुन्थ्यो

    तिमी जुनी हौ या जुनी-जुनी तिमीसितै हौ ?

    कसैले भन्दिए हुन्थ्यो

    उनीसितैको प्रणयमा, प्रणय दिवसमा,

    यी हरफहरु कोरिए

    कसैले उनलाई भन्दिए हुन्थ्यो

    इति
    कवि गिरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यु ह्याम्पसायरका वर्तमान अध्यक्ष हुनुहुन्छ । – सम्पादक
    १८१२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad